७ वैशाख २०८१ शुक्रबार
समाज

सुर्खेतमा पनि सलह

तराईबाट नेपालमा प्रवेश गरेको सलह सुर्खेतमा पनि पुगेको छ । मंगलबार बिहान कृषि अनुसन्धान केन्द्र दशरथपुरमा सलह देखिएको हो । ठूलो मात्रामा सलह नभएकाले ठूलो झुण्डमा हराएर सुर्खेत पुगेको हुन सक्ने कृषि अनुसन्धान केन्द्र दशरथपुरका कार्यालय प्रमुख बन्दुराज बरालले जानकारी दिए । ‘दाङतिरबाट भेल फाटेर सुर्खेत आइएको हुन सक्छ,’ उनले भने, ‘हावाको बहाबसँगै हराएर आएको अनुमान गरेका छौं ।’  

अहिले नै आत्तिनु पर्ने स्थिति नभएको र योभन्दा ठूलो झुण्ड आयो भने ठूलो नोक्सानी हुने उनको भनाइ छ । यसका लागि किसान सजग भएर बस्नु पर्ने उनले जनाए ।

प्रकाशित: १६ असार २०७७ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App