२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाढीपहिरोले सडक र सिँचाइ आयोजनामा पाँच अर्बभन्दा धेरै क्षति

अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र सिँचाईका आयोजना मर्मत र पुनर्निर्माणमा पाँच अर्बभन्दा धेरै खर्च लाग्ने भएको छ। क्षतिग्रस्त भएका सडक र सिँचाइका संरचना पुनर्निर्माण गर्न पाँच अर्बभन्दा धेरै खर्च लाग्ने सम्बद्ध कार्यालयले जनाएका छन् । गत असारदेखि आएको बाढी–पहिरोले सबैभन्दा धेरै सिँचाइ र सडकका आयोजना प्रभावित भएका छन्।

पहिरोले गोरखामा सय भन्दा बढी पोलमा क्षति

लगातारको वर्षापछिको पहिरोले गोरखाको विद्युत लाईनमा जोखिम बढेको छ । आँबुखैरेनी हुँदै गोरखासम्म ल्याइएको ३३ केभि क्षमताको विद्युत लाईनको चार ठाउँमा पहिरोले पोल जोखिममा परेको छ ।

पहिरोले इन्द्रावती तेस्रो क्षतिग्रस्त, उत्पादन ठप्प

पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीस्थित निजी क्षेत्रको इन्द्रावती जलविद्युत आयोजना पहिरोले क्षतिग्रस्त भएको छ ।

कालिगण्डकीले ब्यापक कटान

माथिल्लो क्षेत्रमा अधिक बर्षासँगै आएको बाढीले उत्तरी म्याग्दीमा ब्यापक क्षति पुर्‍याएको छ । सोमबार दिउँसो अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनामा बाढी आएपछि झरना नजिक रहेको करिब ७० लाखको लागतमा निर्मित सुर्वण खत्रीको रेष्टुरेन्ट, पार्किङमा राखिएको बस, स्काभेटर समेत बगाएको छ ।

पहिरोले दुईवटा कन्टेनर पूर्ण क्षति

रसुवाको टिमुरेस्थित नेपाली सेनाको ब्यारेक नजिकै मंगलबार बिहान आएको पहिरोले दुईवटा कन्टेनर पूर्ण क्षति भएको छ ।

बाढीले निर्माणाधीन पुलमा क्षति

अविरल वर्षासँगै माइखोलामा आएको बाढीले इलाम–सोयाङ–नयाँबजार सडक खण्डको निर्माणाधीन दुधाङ पुलमा क्षति गरेको छ । समयमै काम नसकिएर पटक–पटक म्याद थप्दा पनि निर्माण नसकिएको पुलको ढलान गर्न लागिएको डन्डी बाढीले बगाएको हो ।

बारेकोट पहिरो : आठ सय घर विस्थापित

जाजरकोटस्थित बारेकोट–४, सार्की गाउँका करिब आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । असार २५ गते ११ जनाको मृत्यु र एकजना बेपत्ता हुने गरी गएको पहिरोका कारण उनीहरू विस्थापित भएका हुन् ।

गण्डकी प्रदेशमा बाढीपहिरोको क्षति, पाँच दिनमा ५३ जनाको ज्यान गयो

एकसाता नपुग्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढिपहिरोले ५३ जनाको ज्यान लिएको छ भने अझै ६ जना बेपत्ता छन् ।

बाढीबाट क्षति यकिन गर्न मन्त्रीस्तरीय समिति

बाढी तथा डुबानबाट भएका क्षतिको स्थलगत अनुगमन गरी पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले मन्त्रीस्तरीय विपद अनुगमन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सार्न थालियो

केही दिनदेखि परेको अविरल बर्षाका कारण जिल्लाको विभिन्न स्थानमा बाढीले धान खेत कटान र पानीको सतह बढेपछि विस्थापितलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

सर्दु खोलाले बगाएर एकको मृत्यु, निर्माणाधिन पार्कमा क्षति

तीन दिनदेखिको निरन्तरको बर्षासँगै धरानको सर्दु खोलामा आएको बाढीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ भने निर्माणाधिन तारा सुब्बा स्मृति पार्कमा क्षति पुर्‍याएको छ ।

सुदूरपश्चिममा बर्सेनि बढ्दै प्रकोपका घटना

सुदूरपश्चिम प्रदेशमा असारमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् भने १५ घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्का घट्नाबाट बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ ।

बाढीपहिरोको वितण्डा : भोटेकोसी करिडोरमा थप जनधन क्षति, एक बेपत्ता

तीन दिनदेखिको अबिरल बर्षाले भोटेकोसी नदी करिडोरमा शुक्रबार थप क्षति पुर्‍याएको छ । भोटेकासी गाउँपालिका–३ लार्चामा बाढीले बस्ती बगाउँदा एक जना बेपत्ता भएका छन् । दुई घाइते भएका छन् ।

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : मध्यभोटेकोसी आयोजनामा अर्बौँको क्षति

सिन्धुपाल्चोकको जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएको छ ।

बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति

बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्