१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सडक निर्माणमा अनियमितता : अख्तियारद्वारा छानविन सुरु

कर्णाली प्रदेश सरकारको बजेटबाट निर्माण भएको चिंगाड गाउँपालिकाका दुई सडक योजनामा भएको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले छानविन सुरु गरेको छ ।

मेलम्ची सुरुङ दुर्घटना: गेटको नटबोल्ट कसाइमै त्रुटि देखिएकाे प्रारम्भिक निष्कर्ष

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा भएको दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले गेटको नलबोल्ट कसाइमै त्रुटि भएको पाइएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

कोरोना संक्रमित कुटपिटको छानविन गर्न समिति गठन

कोरोना संक्रमित एक व्यक्तिलाई कुटपिट गरेको घटना छानविन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

एन्फाद्वारा कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु

कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)द्वारा गठित समितिले बैंक स्टेटमेन्ट अनुसार खर्चको विवरण पेश गर्न संघलाई पत्र काटेको छ ।

राजु सदा मृत्यु प्रकरण छानविनका लागि संसदीय समिति गठन

आइसोलेसनमा उपचार अभावमा मृत्यु भएको धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको घटना छानविनका लागि संसदीय समिति गठन भएको छ ।

रुकुम पश्चिम घटनाको सत्यतथ्य बाहिर ल्याउँछौं : पौडेल

रुकुम पश्चिमको चौरजहारी, सेती घटनाको अनुसन्धान गर्न बनेको संसदीय विशेष छानबिन समितिका संयोजक देवेन्द्र पौडेलले घटनाको बास्तविकतालाई बाहिर ल्याउने बताएका छन्। नागरिकन्यूजसँग कुरा गर्दै उनले भने, 'भर्खरै समिति गठन भएको छ। तुरुन्तै समितिको बैठक बसेर कार्ययोजना बनाएर अघि बढ्छौं।'

कांग्रेसद्वारा संसद् अवरुद्ध, संसदीय विशेष समिति गठन गरिने भएपछि बैठक सुचारु

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ १० गते रुकुममा गैरदलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा नवराज बिकसहित ६ जनाको मृत्यु भएको घटनामा संसदीय विशेष समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेको छ ।

रुकुम घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने

रुकुम पश्चिममा भएको हत्याको घटना अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन हुने भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराए।

कोरोना नियन्त्रणमा भ्रष्टाचार, छानविनका लागि संसदीय समिति गठन माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानविनको माग गरेको छ । आइतबारको संसद् बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनमा भ्रष्टाचार भएकाले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।

अपहरणबारे अनुसन्धान गर्न बारको आग्रह

हालै चर्चामा आएको सांसद अपहरणको विषयमा अनुसन्धान गरी उपयुक्त कानुनी कारबाही गर्न सर्वोच्च अदालत बार एसोशिएसनले सम्बद्ध कानुन कार्यान्वयन निकायमा अपिल गरेको छ।

राहतमा कुहिएको चामल : व्यापारीबिरुद्ध मुद्दा, जनप्रतिनिधि छानबिन बाहिर

नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा बाँडेको न्युन गुणस्तरको चामल बिक्री गर्ने व्यापारी बिरुद्ध दुइवटा मुद्या दर्ता भएको छ।

भैरवनाथ गणको पनि छानविन हुन्छ : वेपत्ता आयोग

आयोगमा २५ सय ६ वटा उजुरीमाथिको अनुसन्धान सुरु भएको छ। आयोगमा परेका उजुरीहरु खोलेको र अनुसन्धान अधिकृत तोकेर रोल्पामा टोली पठाउने तयारी भएको आयोगले जनाएको छ। मंगलबार पत्रकारहरुसँग कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले साे कुरा बताएका हुन्।

सप्तऋषि अस्पतालमाथि छानविनमा किन ढिलाई ?

लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा एकै रात तीन जना शिशु मृत्यु प्रकरण छानविन तथा कारबाहीमा नियामक निकाय उदासिन देखिएको छ। शुक्रबार राती भएको उक्त घटनाबारे जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन।

सामाजिक सुरक्षाभत्ता अनियमितता प्रकरण: सत्यतथ्य पत्ता लगाउन कांग्रेसको माग

नेपाली कांग्रेसले खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमितताका विषयमा सत्यतथ्य पत्ता लगाउन माग गरेको छ। नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कमिटिले विज्ञप्ति जारी गर्दै बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको विषयमा सत्यतथ्य वाहिर ल्याउन माग गरेको हो।

रकमान्तरको छानविन गर्न छुट्टाछुट्टै समिति

अघिल्लो आर्थिक वर्षको अन्त्यतिर कर्णाली प्रदेश सरकारले गरेको रकमान्तरको विषयमा छानविन गर्नका लागि संसद र सरकार दुबैले छुट्टाछुट्टै समिति गठन गरेका छन् । सार्वजनिक लेखा समितिले रकमान्तरको छानविन गर्न उपसमिति गठन गरेको छ भने प्रदेश सरकारले जुम्लाका डा. भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्