३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

राजु सदा मृत्यु प्रकरण छानविनका लागि संसदीय समिति गठन

आइसोलेसनमा उपचार अभावमा मृत्यु भएको धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको घटना छानविनका लागि संसदीय समिति गठन भएको छ । आइतबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा पाँच जना सांसद रहेको राजु सदाको मृत्यु सम्बन्धी अध्ययन विशेष समिति गठन भएको हो । समितिमा नेकपाका सांसद रविन्द्र बैठा, जनता समाजवादी पार्टीकी सांसद चमेलीदेवी दास, जसपाकै सांसद सुरिताकुमारी साह, नेपाली कांग्रेसका सांसद नरेशकुमार यादव र नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्रीदेवी साह रहेका छन् ।  

विशेष समितिले सभामुखको निर्देशनमा रही राजु सदाको मृत्यु सम्बन्धमा अध्ययन गर्ने, अवश्यक परेमा विषेशज्ञ लगायत व्यक्तिको सहयोग लिन सक्ने, अध्ययनको क्रममा विभिन्न मन्त्रालय र कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने सभामुख सरोजकुमार यादवले बताए । समितिलाई बढीमा ५ दिनमा आफ्नो अध्ययन प्रतिवेदन प्रदेशसभामा पेश गर्न भनिएको छ ।  

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएका १६ वर्षीय राजुको आइसोलेसन कक्षमा उपचार अभावमा ९ गते प्रादेशिक अस्पताल जनकपुरको इमेरजेन्सी वार्डमा मृत्यु भएको थियो ।

प्रकाशित: १४ असार २०७७ १५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App