२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

हावाहुरीले भत्कायाे नवनिर्मित प्रहरी भवनको पर्खाल

इलाका प्रहरी कार्यालय जयनगरको नवनिर्मित भवनको बाहिरी पट्टीको पर्खाल सामान्य हावाहुरीको बहाव थेग्न नसक्दा भत्किएको छ।

तीन करोड लगानीमा निर्माण भएको भवनकाे बाहिरी पट्टीको पर्खाल सामान्य हावाहुरीका कारण भत्किनुले यसको गुणस्तर माथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ।

बारबर्दिया नगरपालिका स्थित जयनगरमा दश दिन अघि मात्र भवनको उद्घाटन भएको थियो। गत वैशाख २० गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी कुबेर कडायतले भवको उद्घाटन गरेका थिए।

तर दुई दिन अघि देखि चलेको सामान्य प्रकृतिको हावाहुरीको बहाव थेग्न नसक्दा पर्खाल भत्किनु लापरबाहीको पराकाष्ठा भएको स्थानीय बताउँछन्।

‘राज्य लगानी बालुवामा पानी हाले सरह भएको छ,’ एक स्थानीयल‍े भने,‘पक्की पर्खाल कसरी हावाहुरीले भत्किन्छ त ?’ 

प्रहरीका प्राविधिक एसटिएसले गुणस्तर मापन गर्ने भनिएपनि प्रहरीको नवनिर्मित पर्खाल भत्किनु दुखद भएको एक प्रहरी अधिकृत बताए।

प्रहरी संंगठनका लागि निर्माण हुने भवनका लागि खुला प्रतिस्पर्धाबाटै निर्माण कम्पनीको छनोट गरिन्छ। निर्माण कार्य सम्पन्न पछि प्रहरीकै प्राविधिक ‘एसटिएस’ टोलीले गुणस्तरको प्राविधिक जाँच गरे पश्चात् मात्र उद्घाटन गरिन्छ।

प्रहरी निरीक्षक कुशल सिंह ठकुरी भन्छन्: ‘हावाहुरीले कसरी पक्की पर्खाल भत्कायो, हामी पनि अचम्मित भएका छौ। पर्खाल भत्किएको छ, सबैले थाहा पाएका कुरा हो। के कस्तो प्राविधिक त्रुटिले भत्किएको खुल्न बाँकी नै छ।’

हावाहुरीलेकै कारण पर्खाल भत्किएको हुन सक्ने उनले बताए।

प्रकाशित: ३० वैशाख २०८१ १८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App