१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदको संख्या बढी भयो, अध्ययन कम भयो: चन्द्रकान्त भण्डारी

नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन्।

निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनमा पनि समस्या देखिएको उनको निष्कर्ष थियो।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भण्डारीले सांसदहरुलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेटलगायतका विषयमा समस्या देखिने गरेको सुनाए।

उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने पनि उल्लेख गरे।

सांसद भण्डारीले भने, ‘सांसदहरुको संख्या नै बढी भयो। सुविधा पनि छैन, अध्ययन पनि छैन। संख्या कसरी बढी भयो भने एकातिर इलेक्सनबाट लडेको छ। अर्कातिर समानुपातिकबाट आएको छ। एकातिरकालाई जनतासँग कसरी जाने भन्ने छ ? के लिएर जाने भन्ने छ ? र, संख्या बढी भएको कारणले पनि यो समस्या आएको हो।’

सांसद भण्डारीले स्थिर सरकार नहुँदा मुलुकमा धेरै समस्या देखिएको पनि उल्लेख गरे।

प्रकाशित: २२ जेष्ठ २०८१ १८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App