१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप छनोट: नेपाल युएईसँग ४-० ले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४-० गोल अन्तरले पराजित भएको छ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद विन फहद रंगशालामा भएको खेलको पहिलो हाफमै नेपाल २-० ले पछि परेको थियो। दोस्रो हाफमा पुन: युएईले दुई गोल थपेपछि नेपालले ४-० को हार बेहोर्न पुग्यो।

युएईका लागि १२ औं मिनेटमा हारिब अब्दुल्ला सुहेलले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनलै पहिलो गोलको २ मिनेट भित्रै अर्को गोल थप्दै अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५३ औं मिनेटमा युएईका अली सालेह अमरोले अर्को गोल थप्दै खेल ३-० को स्थितिमा ल्याइपुर्‍याए। यस्तै गरी खेलको ७५ औं मिनेटमा  हाजेम मोहम्मदले थप एक गोल गर्दै जित सुनिश्चित पारे।

खेल अवधिभर नेपालले गोल गर्न निकै अवसर पाएको थियो। तर अवसरको सही सदुपयोग गर्न नसक्दा गोल विहीन बन्यो।

यसअघि नेपाल र युएईबिच युएईको घरेलु मैदानमा भएको खेलमा पनि नेपाल ४-० ले पराजित भएको थियो।

फिफा वरीयतामा युएई ६७औं स्थानमा छ भने नेपाल एक सय ७८औं स्थानमा छ।

छनोटमा नेपालको यो लगातार पाँचौँ हार हो। प्रतियोगितामा हालसम्म नेपालले १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन।

छनोटको समूह ‘एच’ मा रहेको नेपाल तालिकाको पुछारमा छ। छनोटमा अपराजित यूएई भने १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: २४ जेष्ठ २०८१ २३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App