coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना संक्रमित कुटपिटको छानविन गर्न समिति गठन

कोरोना संक्रमित एक व्यक्तिलाई कुटपिट गरेको घटना छानविन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनबाट आइसोलेसन लिने क्रममा सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको थियो । कोरोना संक्रमित युवकलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले छानविन समिति गठन गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले घटनाको छनविनका लागि पाँच सदस्यीय समिति गठन गरिएको बताए । ‘समितिलाई सात दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छु,’ एसपी भट्टले भने, ‘प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढ्छ ।’

भारतबाट आएर क्वारेन्टिनमा रहेका युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । आफूसँगै आएका साथीहरु घर जान खोज्दा उनी पनि क्वारेन्टिनबाहिर निस्केका थिए । संक्रमित व्यक्ति क्वारेन्टिन बाहिर आएको भन्दै इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले युवकलाई कुटपिट गरेका थिए ।

प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका युवकलाई उपचारको सट्टा गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीको उपस्थितिमा पीडित परिवार र प्रहरीबीच ‘कोरोना सन्चो भएपछि’ उपचार गर्ने सहमति गराएर घटनालाई गुपचुप राखिएको थियो ।

प्रकाशित: १ श्रावण २०७७ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App