२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

सदरमुकाममा उच्च सावधानी गाउँमा चरम लापरबाही

जुम्लाका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन। घरबाहिर निस्कदा मास्कको प्रयोग हुँदैन। घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिँदैन। खेतिकिसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको हुँदैन।

उडानमा जन्मदिन मनाउँदा कारबाही

पौडेलले भने, ‘कोभिड प्रोटोकलभन्दा बाहिर गएर जन्मदिन मनाएपछि हामीले कारबाही गरेका हौं। कोभिड सुरु हुनुभन्दा अघि उडानमा केक काट्न पाइन्थ्यो। कोभिड सुरु भएपछि हामीले जहाजमा यसरी केक काट्न रोक लगाएका थियौं।’

बढ्दो कोरोना संक्रमणः सर्वसाधारणको लापरबाही, स्थानीय तहको उदासिनता

बैतडीमा कोरोना संक्रमण बढ्दै गएको छ । दिनहुँ संक्रमितको संख्या बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना भएको छैन।

शव व्यवस्थापनमा गम्भीर लापरबाही

मापदण्ड उल्लंघन गरेर मलामी गएकोबारे आलोचना भएपछि बिहीबार उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहितको टोली मृतकको परिवारलाई भेट्न घर पुगेको थियो। प्रतिष्ठानका डाक्टरले सुरक्षा मापदण्ड अपनाएर शव लैजान भनेपछि परिवारले लगेको उनले बताए।

धरानमा संक्रमितको शव व्यवस्थापनमा लापरबाही, ५० भन्दा बढी गए मलामी

धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राती मृत्यु भएका संक्रमितको शव अन्येष्टीमा प्रोटोकल उल्लंघन गरि ५० भन्दा बढी मलामी सहभागी भएको पाइएको छ।

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही

खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कारबाहीमा परेका छन्। गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी (सिमपानी) खण्ड कालोपत्रेको काममा ढिलासुस्ती गर्ने भारत कन्सट्रक्सन/सिद्धि शाही जेभीबाट बैंक ग्यारेन्टी जफत गरेर कारबाही गरिएको हो।

लापरबाहीले कोभिड–१९ को मृत्युदर बढ्दो

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को संक्रमणले जटिल प्रकृतिका लक्षण भएका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ ।

कोरोना नियन्त्रणमा सरकारकै लापरबाही

सरकारले कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोगको नियम लागु गरिरहे पनि त्यसको उल्लंघन आफैं गरिरहेको पाइएको छ। प्रधानमन्त्री, मन्त्री र सत्तापक्षकै व्यक्तिहरू संक्रामक रोग ऐन, २०२० को पालनामा बेवास्ता गर्दै भाषण, उद्घाटन, जमघट, पार्टी, यात्रा, घुमफिर, बिहेलगायत कार्यक्रममा सहभागी हुने गरेका छन्।

दुई वर्षमा सक्नु पर्ने व्यापारिक मार्ग साढे चार वर्षसम्म अधुरै

वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्गको निर्माण कार्यमा निर्माण कम्पनीले ढिलाइ गर्दा सर्वसाधारणहरुलाई सास्ती खेप्नु परेको छ। निर्माण कम्पनीले समयमै काम पुरा गर्न नसक्दा जितपुर बजार क्षेत्रका स्थानीयहरु सवारी जाम र धुलोको कारणले सास्ती खेप्नु परेको हो। धुलोका कारण लामो समयसम्म आजित बनेका जितपुरका स्थानीयहरु अहिले तत्काल सडक बनाउन माग गर्दै आन्दोलन समेत सुरु गरेका छन्।

अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

अस्पतालमै कार्यरत चिकित्सकको उपचारमा लापरबाहीका कारण ज्यान गएपछि पीडित परिवारले क्षतिपूर्ति माग दाबीसहित भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ।

घर खरानी हुनबाट जोगिएको त्यो साँझ

नेपालमा कोरोना संक्रमणको प्रवेशसँगै सुरु भएको लकडाउनले धेरैको दैनिकी फैरिन पुग्यो । अत्यावश्यक बाहेकको समय घरभित्रै बस्ने मेरो दैनिकीको आठौं महिनामा छिमेकिको लापरबाहीका कारण बेघर हुनबाट बालबाल बाँचे । मंगलबारको साँझको त्यो लापरबाहीपूर्ण घटना टलेपनि मेरो मानसपटलमा कैयन प्रश्न र डर छाडेर गएको छ ।

बजेटमा लापरबाही : रोल्पामा १ अर्ब ४२ करोड फ्रिज

अघिल्लो आर्थिक वर्षमा ७३ करोड ८१ लाख ८१ हजार बजेट फ्रिज भएको रोल्पामा २०७६/०७७ मा १ अरब ४२ करोड १७ लाख ४० हजार ६ सय २२ रुपैयाँ बजेट फ्रिज भएको छ ।

सडक निर्माणमा लापरबाही

सदरमुकाम गुलरियामा भित्र पर्ने अधिकांश सडक धरापमा परिणत भएका छन्। लापरबाही तरिकाले विकास निर्माण अघि बढाउँदा मुख्य सडक लामो समयदेखि आवागमन ठप्प भएको छ। दुई वर्ष अघि देखि निर्माण भईरहेको सडक र नाला निर्माण काम अलपत्र अवस्था छ।

नेसनल मेडिकल कलेजको लापरबाहीका कारण पाँच सातामा सात जनाको मृत्यु

एकपटक डाइलासिस गरेबापत सरकारले दुई हजार पाँच सय रुपैयाँ दिने गरेको छ। यसबापत अस्पतालले दिने सेवा सन्तोषजनक नभएको बिरामीका आफन्तको भनाइ छ।

माघमा आइपुग्नु पर्ने ओखरका बिरुवा बैशाखको अन्त्यमा

ओखरको बिरुवा खरिद कार्यमा कृर्षि विकास कार्यालय डोल्पाको चरम लापरबाही देखिएको छ । डोल्पामा व्यवसायी ओखर खेतीका लागि ७ पकेट क्षेत्र र १ ब्लग क्षेत्र छनौट गरिएको थियो । कृर्षि विकास कार्यालयको लापरबाहीको कारण गएको वर्षको माघमा आइपुग्नु पर्ने सवा करोड मूल्य बराबरका विरुवा बैशाखको अन्त्यमा मात्र डोल्पामा आइपुगेका छन् । डोल्पामा नयाँ बिरुवा लगाइसक्नु पर्ने अनुकुल समय फागुन महिना हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्