१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरकार र उद्योगीले फेरि झुक्याए किसान

सरकारले गत पुस १३ गते उखु किसानसँग २१ दिनभित्र चिनी उद्योगीबाट सम्पूर्ण बक्यौता भुक्तानी गराउने सम्झौता गरेको थियो। उद्योगीले सो अवधिभित्र उधारो उखुको पैसा भुक्तानी नगरे उनीहरूको सम्पत्ति जफत गरेर भए पनि किसानलाई भुक्तानी दिने भनिएको थियो। तर पोहोर जस्तै यसपालि पनि सरकार र उद्योगीले किसानलाई झुक्याएका छन्।

क्रसर उद्योगीसामु सरकार लाचार

‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्। तर पछिल्लो समय क्रसरको मनपरी रोकिनुको सट्टा झन्झन् बढ्दै गइरहेको छ।

लकडाउनकै बीच शुरु भयो सेती हाइड्रोपावर

कोभिड–१९ कसैलाई अभिषाप बनेको छ, भने कसैलाई अवसर पनि बनेर आएको छ। कोरोनाका कारण पेशा व्यवसाय चौपट बन्दा मजदुरदेखि उद्योगी व्यवसायीसम्मलाई यो कोरोना कहर अभिषाप बनिरहँदा केहिलाई भने यो अवसर बनेर आएको हो।

‘उद्योगी व्यवसायीका जायज माग पूरा गर्छाैं’

अर्थमन्त्री युवराज खतिवडाले मौद्रिक नीतिले उद्योगी व्यवसायीको अधिकांश माग सम्बोधन भएको बताएका छन् ।

मौद्रिक नीति अपेक्षा अनुरुप भएको उद्योगी व्यवसायीको प्रतिक्रिया

उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप भएको प्रतिक्रिया दिएका छन् । लकडाउनका कारण धरासायी बनेका व्यवसायीहरुलाई राहत दिनेगरी आएको मौद्रिक नीति स्वागत योग्य भएको उनीहरुको प्रतिक्रिया छ । मौद्रिक नीतिमा आएका विषयहरु कार्यान्वयनमा आए नीजि क्षेत्रमा कोभिडका कारण देखा परेको समस्याको अधिकतम समाधान हुने उद्योगी व्यवसायीहरूको भनाई छ ।

राहत प्याकेज माग्दै उद्योगी, व्यवसायीको प्रदर्शन

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन्।

आयोगले ट्रंक लाइन डेडिकेटेड सुविधा हटायो

विद्युत् नियमन आयोगले विवादास्पद ट्रंक तथा डेडिकेटेड लाइनको अतिरिक्त शुल्क पूर्ण रुपमा खारेज गरे पनि उद्योगी, व्यवसायीले तिर्न बाँकी १० अर्ब रुपैयाँको अझैसम्म टुंगो लगाउन सकेको छैन।

उद्योगीलाई त्रसाउन अख्तियारलाई अनुगमनको जिम्मा

मोरङ चेम्बर अफ कमर्स प्रदेश १ बुधबार विराटनगरमा कार्यक्रम आयोजना गरी निजी क्षेत्रको अनुगमन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएकोमा सरकारको विरोध गरेका छन् । सरकारले उद्योगी व्यवसायीलाई त्रसाउने र डराउने उद्देश्यका साथ अनुगमनको जिम्मा अख्तियारलाई दिएकोमा आपत्ती जनाएको छ ।

सिमेन्टमा आधा खर्ब लगानी स्वीकृत

साबिकका उद्योगीले अब सिमेन्टमा नयाँ लगानी आवश्यक नरहेको बताइरहेका बेला दुई उद्योगलार्य सरकारले लगानी अनुमति दिएको छ।

मौद्रिक नीतिमा उद्योगी व्यवसायी र बैंकरको सुझाव

आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति विस्तारित (एक्स्पान्सनरी) प्रकृतिको आउनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । कर्जाको ब्याजदर घटाउने, कर्जाको पुर्नतालिकिकरण गर्ने र रिफाइनान्स गर्ने गरी विस्तारित प्रकृतिको मौद्रिक नीति आवस्यक रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

उद्योग क्षेत्रमा तत्काल राहत र दीर्घकालिन योजना आवश्यक

कोभिड–१९ ले प्रभावित अथतन्त्रलाई उकास्न सरकारले तत्काल आर्थिक प्याकेज र दीर्घकालिन कार्ययोजना ल्याउनुपर्ने सरोकारवालाले बताएकाछन्। नेपाल उद्योग परिसंघ (सीएनआई) ले बिहिबार आयोजना गरेको ‘इकोनमिक सर्भाइभल’ अन्तरक्रिया वक्ताहरूले तत्कालका लागि राहत प्याकेज र दीर्घकालिन समस्या समाधानका लागि वृहत योजनाको कार्यक्रम ल्याउन सुझाव दिएकाछन्।

दुई दिनको बर्षाले पाँच करोड काँंचो इटा नष्ट

बिहीबार र शुक्रबार दुई दिनको बर्षाले भक्तपुरका इटाभटाका पाँंच करोड काँंचो इटा नष्ट भएको इटा उद्योगी व्यवसायीहरुले बताएका छन् । बर्षाले इटा पारेर सुकाइराखेका खल (खाल) मा रहेका काँंचो इटाहरु नष्ट भएका हुन् ।

सिलिण्डरको माग घट्दा ग्यास उद्योगी समस्यामा

उपभोक्ताले ग्यास संचित गरेर राख्दा ग्यास उद्योगीहरुमा समस्या सृजना भएको छ । लकडाउनमा ग्यासको अभाव हुन सक्ने त्रासले आवश्यकता भन्दा बढी ग्यास भरेर राख्दा व्यवसायमा गिरावट आउनुका साथै बुलेट खाली हुन सकेको छैन ।

उद्योगी काबराको निधन

सप्तरी हनुमाननगरका अग्रज उद्योगी तथा समाजसेवी सीताराम काबराको निधन भएको छ। उद्योग संगठन मोरङका पूर्वउपाध्यक्ष तथा उद्योगपति नवलकिशोर काबराका पिता सीताराम काबराको ९९ वर्षको उमेरमा सोमबार हनुमाननगरस्थीत घरमा निधन भएको परिवारका सदस्यले बताए।

राहतकोषमा ईटा उद्योगीको सहयोग

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले जिल्लाका विभिन्न स्थानीय तहमा ६ लाख बढी सहयोग गरेको छ। देशको यो विषम परिस्थितीमा राष्ट्र र जनतालाई कोभिड–१९ भाइरसको उच्च जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन सहयोग गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्