८ वैशाख २०८१ शनिबार
अर्थ

उद्योगी काबराको निधन

मोरङ- सप्तरी हनुमाननगरका अग्रज उद्योगी तथा समाजसेवी सीताराम काबराको निधन भएको छ। उद्योग संगठन मोरङका पूर्वउपाध्यक्ष तथा उद्योगपति नवलकिशोर काबराका पिता सीताराम काबराको ९९ वर्षको उमेरमा सोमबार हनुमाननगरस्थीत घरमा निधन भएको परिवारका सदस्यले बताए।

सप्तरीको रूपनगरमा पहिलो राइस मिल स्थापना गरेसँगै काबराले उद्योग तथा व्यापार थालेको थिए। उद्योग व्यवसायका साथ समाजसेवीका रुपमा उनले ख्याति कमाएका थिए।

राइस मिलबाट सुरु गरेको उद्योग व्यवसाय काबरा र उनका छोराहरुले बढाएर अहिले विभिन्न ठूला-ठूला उद्योग स्थापना गरेका छन्। क्वालेटी बिस्कुट, चाउचाउ, साबुनलगायतको उद्योग रहेको छ। स्वर्गीय काबराका ४ छोरा र २ छोरी रहेका छन् ।

प्रकाशित: १ वैशाख २०७७ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App