२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बजार बन्द गराउन पुगेका असई र हवल्दार कुटिए

धनुषामा बजार बन्द गराउन पुगेका असई र हवल्दार कुटिएका छन् । वटेश्वर गाउँपालिका–१ स्थित लवकुश चोकमा ठेलामा जलेवी र समोसा बेच्दै गरेका युवकलाई नबेच्न भनेपछि विवाद हुँदा वटेश्वर चौकीका असइ शंकर यादव र हवल्दार नागेन्द्र यादव कुटिएका हुन् ।

रिपोर्ट बाझिएपछि जनकपुरमा काेराेना परीक्षण रोकियो

जनकपुरस्थित प्रादेशिक अस्पतलको प्रयोगशालामा हुँदै आएको कोरोना भाइरस (कोभिड१९) परीक्षण रोकिएको छ। यहाँको पोर्टेवल पीसीआर मेसिनबाट गरिएको परीक्षण रिपोर्ट र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट बाझिएपछि परीक्षण रोकिएको छ।

एक सय २१ भारतीय क्वारेन्टाइनमा

रौतहटको विभिन्न क्वारेन्टाइनमा एक सय एक्काइस जना भारतीय रहेका छन्। देशको राजधानी काठमाडौँबाट सीमावर्ती भारतको बिहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्लास्थित आफ्नो घर जान हिँडेकाहरु क्वारेन्टाइनमा पुगेका हुन्।

नेपालमा दूर तथा अनलाइन शिक्षणको सम्भावना वास्तविक अवस्था, चुनौती र गर्नुपर्ने कार्यहरू

महामारीका रूपमा रहेको कोभिड १९ का कारणबाट देशभर विद्यालयहरू चैत्र ६ गतेदेखि पूर्ण रूपमा बन्द छन् । विद्यालयहरू कहिले खुल्छन् त्यो पनि अन्योल छ । उपलब्ध सबै सूचकहरूले विद्यालयहरू अझै तीन महिनासम्म खुल्नसक्ने देखिँदैन ।

कोरोना महामारीले बढाएको महिला हिंसा

वास्तवमा कोभिड–१९ महामारीका क्रममा नारी सुरक्षाको चासो अन्तर्राष्ट्रियस्तरमै किन बढ्यो

धार्मिक कार्य घरमै गर्न  धर्मगुरुको आग्रह

नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गरेका  छन् ।

भुल्केमा कसरी संक्रमण फैलियो ? तीन दिनभित्र खुलासा हुने

त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदका ११ भारतीयसहित १३ धर्म प्रचारकमा वैशाख ५ गते पहिलोपटक कोरोना भाइरस (कोबिड–१९) संक्रमण पुष्टि हुँदा धेरैको प्रतिक्रिया थियो– भारतीयका कारण कोरोना फैलियो।

क्वारेन्टाइनस्थलमा नाराबाजी भएपछि काठमाडौबाट आएकालाई घर पठाइयाे

सन्धिखर्कको हटारिनेटा क्वारेन्टाइनमा नाराबाजी भएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घरघर पठाइएको छ । बुधबार काठमाडौबाट आएका चार सय १६ जना मध्ये सन्धिखर्क नगरपालिकाका ७२ जनाले क्वारेन्टाइनमै नाराबाजी गरेपछी उनीहरुलाई घर पठाइएको हो ।

क्वारेन्टाइन भरिभराउ, व्यवस्थापनमा चुनौती

काठमाण्डौं लगायतका ठाउँबाट मानिसहरु घर फर्किन थालेपछि स्थानीय पालिकालाई व्यवस्थापनमा निकै समस्या भएको छ। एकातिर राहत वितरणको समस्या झेलिरहेका पालिकाहरुलाई दिनानुदिन घर फर्किनेको संख्या बढ्न थालेपछि टाउको दुखाई बनेको छ।

रेमिट्यान्सको विकल्प

श्रमविज्ञ डा. केशव बस्याल भन्छन्, ‘यतिखेर रेमिट्यान्सको अर्को कुनै विकल्प देखिँदैन । विदेशबाट फर्केका युवाको व्यवस्थापन गर्ने संरचना पनि हामीसँग छैन । युवाहरू फर्कंदा हुने क्षतिलाई कम गर्न सरकार गम्भीर हुन जरुरी छ ।’

कृषि उत्पादन बढाउने अवसर

सरकारले कृषिमा निजी क्षेत्रलाई समेत आकर्षित गरी यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्छ । कृषिमा आकर्षित गर्न किसानलाई अनुदान, कृषिबिमा, सुलभ ऋण, ब्याजदरमा अनुदान, किसान कल्याणका योजना, किसान पेन्सनका कार्यक्रम ल्याइनुपर्छ ।

कोरोना कहर: अर्थतन्त्र उकास्ने उपाय

हाम्रो कुल गार्हस्थ उत्पादन (जिडिपी) को २५ प्रतिशत हाराहारी रेमिट्यान्सले ओगटेको छ । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा फर्कनुपरे उनीहरूलाई कृषि क्षेत्रमा संलग्न गराउने कार्यक्रम ल्याउन सकिन्छ ।

कोरोनासँगै जुध्दै पूर्वाधार क्षेत्र

मुलुक र जनताका लागि चाहिने अत्यावश्यक आयोजनाबाहेक अन्य आयोजना केही वर्षका लागि स्थगन पनि गर्न सकिन्छ । अब कम प्राथमिकतामा भएका आयोजनामा लगानी नगर्ने र ठोस आयोजनामा मात्रै लगानी गरेर अघि बढाउने नीति तथा कार्यक्रम जरुरी छ ।

कोरोनाविरुद्ध सक्रिय विश्वनेता

विश्वका शक्तिशाली राष्ट्र र सरकार प्रमुख कोरोना भाइरसबाट नागरिकलाई जोगाउन सक्रिय रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने राजनीतिक दाउपेचमा लागेका छन् ।

स्रोत–साधनबिनै विपत्को सामना गर्दै स्थानीय सरकार

विपत् वा संकट जहिले पनि आकस्मिक हुन्छ । बलियो पूर्वतयारी, प्रभावकारी प्रतिकार्य योजना, तयार अवस्थामा स्रोत–साधन भए नै विपत् वा संकटको सामना गर्न सहज हुन्छ । तर, भर्खरै सुरु गरेका स्थानीय, प्रदेश सरकारसँग पर्याप्त स्रोत–साधन, नागरिकको तथ्यांक र विपतसँग लड्ने अनुभव छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्