पहिलो पटक म विद्यार्थी जीवनमा साथीहरूसँग सन् १९८१ मा वार्सा पुगेको थिएँ। केही वर्षअघि पोल्यान्डको दक्षिणमा पर्ने प्राचीन सहर तथा १७औं शताब्दीअघिको राजधानी क्राकोभ गएको भए पनि वार्सा पुनः गएको थिइनँ।
यथार्थमा युद्धको निर्णय गर्दा पुटिनले केही अपेक्षा गरेका थिए जुन सही निस्के मात्र शीघ्र विजय हासिल हुन सक्थ्यो तर यो एक वर्षको सिंहावलोकनले पुटिनका ती अपेक्षा गलत साबित गरेको छ र युद्ध जारी छ।