२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना विपत्तिमा सकारात्मक कर्म

विभिन्न संघसंस्था र व्यक्तिले मुलुकभित्रै स्वास्थ्य सामग्री  उत्पादन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि योगदान गरेका छन् ।

विपद् व्यवस्थापन: समिति छन्, काम छैन

केन्द्रदेखि गाउँसम्म आठ सय बढी समिति छन् । ती समितिले विभिन्न विपद्मा संकलन गरेको करोडौं रुपैयाँ  प्रयोगमा  आउन सकेको छैन ।

ताप्लेजुङमा १ सय १३ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा अहिले सम्म गरिएको १ सय १३ जनाको आरडीटी टेष्ट परीक्षणको सबै नतिजा नेगेटिभ आएको छ । बिहीबार मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङमा गरिएको १७ जनाको परीक्षण रिपोर्ट नै नेगेटिभ आएको छ । बुधबार जिल्ला अस्पतालमा थप ४ जनाको परीक्षण गरिएकोमा यो रिपोर्ट पनि नेगेटिभ आएको छ । यो संगै अहिले सम्म गरिएका आरडीटी परीक्षणको सबै रिपोर्ट कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

‘अब मिडियामा आधारित शिक्षा मूलधार बन्छ’

कोरोना कहरले मिडियामा आधारित शिक्षालाई सशक्त वैकल्पिक विद्यालय, कलेज र विश्वविद्यालय बनाएको छ ।

संसद्को भूमिका फितलो

संसदीय समितिको बैठक प्रभावकारी बन्न नसक्दा पनि सरकारको स्वेच्छाचारी प्रवृत्ति विकास भएको पाइन्छ । संसदीय समितिमा सरकारका कमजोर पक्षलाई लिएर छलफल नहुने र सरकारले गरेको बेथितिबारे समितिले निर्देशन जारी गर्ने काम नहुँदा भ्रष्टाचार निवारण हुन सकेको छैन ।

उदयपुरको शिवाई बस्तीमा परीक्षण हुँदैे

जिल्लामा पहिलो पटक १२ भारतीयसहित १६ जना धर्म प्रचारक संक्रमित उदयपुर प्रवेश गरेको स्थान चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरको शिवाईमा बिहीबार स्वाब संकलन गरिदैछ । जोगवनी नाकाबाट नेपाल प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद हुँदै पहिलो पटक उदयपुर प्रवेश गरी बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले स्वाब संकलन गर्न लागिएको हो ।

कोरोना महामारी र नेपाली मनोबल

यथार्थमा रोग नियन्त्रण र सम्भावित महामारीबाट जोगिन यस्ता उपायले काम पनि गरिरहेका छन्, तर यसबापत मानवले अन्य मूल्य चुकाउनुपर्ने निश्चित छ ।

संकट समाधानको वित्तीय प्रयास

गाडी खरिद र भैपरी आउने खर्चमा गरिने कटौती अत्यन्त सकारात्मक छन् किनकि यी आर्थिक वर्षको अन्त्यमा गरिने असारे खर्च हुन् ।

ख्यालख्यालमै उच्च जोखिम

विज्ञले लकडाउनको पूर्ण पालना, उच्च मनोबलसहित घरपरिवारमा रम्न, अत्यावश्यक काममा निस्कँदा सामाजिक दूरी कायम गर्न र अनावश्यक होहल्लाका पछि नलाग्न सुझाएका छन्।

तिब्बत सरकारले पठायो अनुदानमा मेडिकल उपकरण

कोरोना भाइरसको संक्रमण रोक्न तिब्बत सरकारले नेपाललाई अनुदानमा सवा आठ करोड रुपैयाँ मुल्य बराबरका अत्यावश्यक मेडिकल उपकरण तथा सामाग्री उपलब्ध गराएको छ।

काठमाडौबाट गाउँ आएकाहरुको पनि स्वास्थ्य परीक्षण सुरु

दोलखाको गौरीशंकर गाउँपालिका १ र २ जुँगुमा राजधानी काठमाडौ उपत्यकाबाट आफ्नो गाउँ गएकाहरुको स्वास्थ्य जाँच सुरु गरिएको छ । साविक जुँगु गाविसमा पर्ने गौरीशंकर गाउँपालिकाका यी दुवै वडाहरुमा लकडाउनका बखत राजधानी काठमाडौबाट गाउँ फर्किएकाहरुको स्वास्थ्य जाँच गरिएको जुँगु स्वास्थ्य चौकीकी इन्चार्ज ईन्दिरा खड्काले जानकारी दिईन्।

अर्थतन्त्र पुनर्संरचनाको सवाल

यो समय नेपाली ‘डायस्पोरा’को अभूतपूर्व विश्व–विस्तारको युगहो । जसरी भारतीय र चिनियाँ नागरिक संसारको विभिन्न कुना कप्चेरामा पुगे, त्यसरी नै नेपाली पनि दुनियाँको विभिन्न भागमा पुग्न थालेका छन् । एक तथ्याङ्क अनुसार नेपाली १ सय २८ मुलुकमा पुगेका देखिन्छ ।

मन बहकाउने तस्बिर

बढ्दै गएको गर्मी। त्यसमा बन्दाबन्दी (लकडाउन) ले घरभित्रै बस्नु पर्दाको पठ्यार लाग्दो दैनिकी। यस्तो बेलामा सामाजिक सञ्जाल नचलाएर दिन काट्न पनि मुस्किल।

विदेशमा नेपाली श्रमिकको बिचल्ली

वैदेशिक रोजगार ऐनलगायत कानुन र सर्वोच्च अदालतको आदेशब मोजिम अलपत्र परेका वा विशेष संकटमा फसेकाहरूलाई तत्काल उद्धार गरी नेपाल झिकाउने व्यवस्था गर्नुपर्छ ।

सहरी बन्धक बनेका नागरिकको बाध्यता

अदालतको आदेश अवज्ञा गरेर सरकार आफैँ कानुनी राज्यको मान्यतालाई खिल्ली उडाइरहेको छ । हुकुमी शैलीमा आदेश जारी गर्नु र नागरिकलाई विवश बनाएर सुरक्षा बलका आधारमा आदेश कार्यान्वयन गर्नुलाई सरकार चलाएको ठानिँदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्