२३ आश्विन २०८१ बुधबार
image/svg+xml
विचार

अर्थतन्त्र पुनर्संरचनाको सवाल

यो समय नेपाली ‘डायस्पोरा’को अभूतपूर्व विश्व–विस्तारको युगहो । जसरी भारतीय र चिनियाँ नागरिक संसारको विभिन्न कुना कप्चेरामा पुगे, त्यसरी नै नेपाली पनि दुनियाँको विभिन्न भागमा पुग्न थालेका छन् । एक तथ्याङ्क अनुसार नेपाली १ सय २८ मुलुकमा पुगेका देखिन्छ । ६० लाखको हाराहारीमा नेपाली नागरिक मुगलानमा रहेको वास्तविकतासँग हामी परिचित छौँ ।

मुगलान जाने कुरा नेपालीकालागि रहर र बाध्यता दुवै हो । नेपालमा मुगलान मोह बढ्दो प्रवृत्ति क्रममा छ । देश र दुनियाँको अवस्था सामान्य हुँदा नेपालबाट हरेक दिन लगभग दुई हजार जति नेपाली विदेशिने गरेको तथ्याङ्क छ । यसले मुगलान मोहको चढ्दो ग्राफलाई इङ्गित गर्छ । 

अहिले समय बदलिएको छ । नेपालबाट मुगलान जाने होइन, बरु मुगलानबाट नेपाल फर्किने समय आएको छ । कोरोना महामारीले स्थिति बदलिदिएको छ । रोजगारदाता मध्ये एक मुलुक कतारले नेपाली कामदार फिर्ता लैजान नेपाललाई दबाब दिएको छ । अन्य रोजगारदाता मुलुकले पनि कोरोनाले निम्त्याएको असहज परिस्थितिले कतिपय कम्पनीले कामदारलाई बेतलबी बिदा दिन थालिसकेका छन् ।

यसबाट मुगलानीहरूको कमाइ घटेको छ । जीवनयापनको बाटो असहज बन्दै गएको छ । भविष्य असुरक्षित बन्दै गएको छ । सर्वविदितै छ, रोजगारी गुमेपछि छिमेकी मुलुक भारतबाट अनेकन्भुक्तमान सहँदै लाखौँको संख्यामा घर फर्केका छन् । अरबलगायतका मुलुकमा रहेका मुगलानी पनि घर फर्किने साइत कुरेर बसिरहेका छन् ।

मुगलानमा रहेकाकतिपय नेपालीले सोसल मिडिया लगायतका ‘कम्युनिकेसन प्लाटफर्म’ माआफूहरू नेपालफर्कने दिनकोव्यग्र प्रतीक्षामा रहेको भावना व्यक्त गरिरहेका छन् । यसबारे आमसञ्चार माध्यममा समाचार आइरहेका छन् । कोरोनामहामारीले पैदा गरेको सङ्कटले आफ्नो रोजीरोटी गुमेकालेआफूहरूलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याइयोस् भनेर पुकार गरिहेका छन्। यतिबेला नेपाल र नेपाली नागरिकले वैदेशिक रोजगारीको तीतो स्वादचाखिरहेका छन् ।

अहिले परिस्थिति नितान्त प्रतिकूल छ । ‘लकडाउन’ को समयावधिथपिएको थपियै छ । जल, थल र वायु यातायात पूरापुर अवरुद्ध छ । दुनियाँ अलगथलग छ । ‘लकडाउन’ बाट सिङ्गो विश्व नै अघोषित झ्यालखाना जस्तो भएको छ ।यस्तो सङ्कटपूर्ण घडीमा ठूलो संख्यामा रहेका नेपालीना गरिकलाई स्वदेश फिर्ता ल्याउन सहज छैन ।

लाखौंको संख्यामा मुगलानमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारले के कस्तो रणनीति अख्तियार गर्ला, त्यो हेर्न बाँकी नै छ । मुगलानमा अलपत्रअ वस्थामा रहेका नागरिकलाई ढिलो÷चाँडो स्वदेश नल्याई सुखै छैन । जे÷जस्तो अवस्था सहेर भएपनि मुगलानीहरू स्वदेशी फर्कलान् । अब, उनीहरू मातृभूमिफर्किइसकेपछिको अवस्थाचाहिँ के हुने हो ? यो नितान्त गम्भीर विषयहो । 

कोरोनाले देशको अर्थतन्त्रथला परिसकेको छ । नेपालको आर्थिक वृद्धि ७.१ पुगेकामाअबत्यो दर पिँधमापुग्न सक्ने पूर्वानुमान अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियालीविकास बैंकले गरिसकेका छन् । मुगलानमा पसिनाले नुहाएर घर÷परिवारको पालनपोषण गर्नुपर्ने जिम्मेवारी बोकेका आप्रवासी कामदार घर फर्केपछिको अवस्था के होला?तिनको पारिवारिक अर्थतन्त्र के होला? समग्रमा देशको अर्थतन्त्र के होला? यसको कुनै सहजउत्तर छैन । तर यसले देशको बिग्रँदो आर्थिक अवस्थाको कुरूप तस्बिर चाहिँ पक्कै प्रस्तुत गर्छ ।

कोरोनाको महामारीको गरुड छायाँ पर्नुभन्दाअघिको नेपालको आर्थिक वृद्धिलाई उत्साह जनक मानिएको थियो । यसो हुनुमा वैदेशिक रोजगारकै योगदान थियो । अब नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको योगदानको ग्राफओरालो लाग्ने अवस्थामा छ । वैदेशिक रोजगारीले धानेको अर्थतन्त्र जोखिमपूर्ण हुन्छ भन्ने राय अर्थशास्त्रीहरूले दिँदै आएका छन् । यसबारे बेलाबखत माचर्चा पनिहुँदै आएको छ ।

वैदेशिक रोजगारले देशको अर्थतन्त्रलाई राम्रै टेवादिएपनिआफ्नैखालको ‘साइड इफेक्ट’ छ । यसले उत्पादनमूलककामलाई निरुत्साहितगर्नुका साथै सुखभोगीप्रवृत्तिलाई बढावा दिन्छ भन्ने गरिन्छ । कुनै कारणले वैदेशिकआय(रेमिट्यान्स)आउन छाडेमा अर्थतन्त्रमातत्कालसङ्कटको घडी आइहाल्छ । यहीआधारमाकतिले वैदेशिक अर्थतन्त्रलाई टेकोले धानेको घरजस्तै हो भन्ने गरेको पनि पाइन्छ । 

आर्थिक विश्लेषकहरू विदेशी आयस्ताले आएको समृद्धिलाई ‘धरापमा रहेको वैभव’को रूपमालिने गर्छन् । वैदेशिक रोजगारीले देशमा मानवपुँजीका रूपमा रहेको जनशक्ति (श्रमशक्ति) घटाउँछ, परनिर्भरता बढाउँछ, सेवा तथा वस्तुको उपयोग बढाउँछ तर उत्पादन र निर्यात घटाउँछ । परिणामस्वरूप अप्राकृतिक रूपमा मूल्यवृद्धि हुनुका साथै विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता घट्न पुग्छ ।

यस सम्बन्धमा नेदरल्यान्डको एउटा ज्वलन्त दृष्टान्त छ । सन् १९६० तिर त्यहाँ प्राकृतिक ग्यासको भण्डार फेलाप-योजसले ठूलो मात्रामा विदेशी लगानी निम्त्यायो । विदेशमा व्यापक रूपमा ग्यास निर्यात भयो । सुरुका दिनमा यसबाट त्यहाँ आर्थिक व-भव ब ढ्न थाल्यो । कालान्तरमा ग्यासको भण्डार रित्तिँदैगयो । देशको अर्थतन्त्र ओरालो लाग्ने पालो आयो ।विदेशीलगानी घट्न थाल्यो । विदेशीको आयस्ता घट्न थाल्यो । त्यसपछि दुर्दान्त आर्थिक अवस्थाले नेदरल्यान्डलाई लखेट्न थाल्यो ।

परिणामतः बेरोजगारी उच्चतम् विन्दुमा पुग्यो, महँगी बढ्न थाल्यो र विश्वबजारमा उसको प्रतिस्पर्धात्मक क्षमता घट्न गयो । यसबाट त्यहाँको अर्थतन्त्र सङ्कटमा प-यो। सन् १९७७मा विश्वविख्यात म्यागजिन ‘द इकनमिस्ट’ ले नेदरल्यान्डको दुर्दशापूर्ण आर्थिक अवस्थालाई ‘हल्यान्ड डिजिज’ नामकरण ग-यो । 

वैदेशिकआयस्तामा भरपर्दा हुने आर्थिक दुर्घटना ‘हल्यान्ड डिजिज’ नामले परिचित छ । नेपालमा वैदेशिक रोजगारको ढोकाएकपछि अर्को गरी बन्दहुने क्रममा छ ।यस्तो जटिलतम् अवस्थामा नेपाललाई पनि‘हल्यान्ड डिजिज’ ले नछोलाभन्न सकिन्न ।निर्विकल्परूपमा वैदेशिक रोजगारलाई अघि सार्ने परिपाटीलाई अबपुनर्विचार गर्नुपर्ने बेलाआइसक्यो ।यसबारे समयमै सचेत हुँदै अर्थतन्त्रको पुनर्संरचनामालाग्नुको विकल्प देखिन्न । 

अहिले विकसित घटनाक्रमले स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने चुनौती र अवसर दुवैदिएको छ । देशको अर्थतन्त्रलाई दिगो र सबल बनाउन उत्पादनमूलक उद्योगलाई प्रश्रय दिनैपर्छ । यस क्रममा कृषिलाई उच्चप्राथमिकतादिनुपर्ने अवस्था छ ।विश्वलाई कोरोनामहामारीले छोपेपछि भारतलगायतकतिपयमुलुकले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने भएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममाआएको छ ।

एकातिर स्वदेशको खेतबारी बाँझो रहने अर्कोतिर विदेशबाट खाद्यान्न आयातन हुने अवस्थाआयोभने के होला?भोलिआउन सक्ने विकराल अवस्थाबारे अहिल्यै सोचेर कृषिको समग्र विकास सम्बन्धी व्यावहारिक नीति र कार्यक्रम अविलम्बल्याउन आवश्यक छ ।जगजाहेर नै छ,कृषि हाम्रो आधारभूत पेसा हो । सम्भवतः सबैभन्दा पुरानो पेसापनि । 

अहिले पनि देशको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा अझै पनि कृषिमाआश्रित छ । मुगलानबाट फर्केकाहरूको अन्तिम आश्रयस्थल गाउँघर नै हो । हालको स्थितिमाउनीहरूको अन्तिमविकल्पपनि गाउँघरमागरिने कृषिकर्म नै हो । यी तमाम वास्तविकतालाई ध्यामा राखेर देशको माग पूरा गर्दै निर्यातमूलक कृषिउत्पादनमाजोड दिनुपर्छ ।

कृषिमा अहिले कुलगार्हस्थ्यउत्पादन २७ प्रतिशत जति छ । यसलाई बढाउने प्रयत्नगर्नुपर्ने खाँचो छ । विदेशमा उच्च माग रहने अग्र्यानिक कृषिउत्पादनलाई प्राथमिकतादिने हो भने यसले आयातलाई प्रतिस्थापनगर्न सक्छ।यसलाई प्रोत्साहितगर्ने सरकारी नीतिपनि आउनुपर्छ । कृषिमा विगतमाभएका कमी÷कमजोरीको समीक्षा गरी आवश्यक नीतिगत सुधार गर्नुपर्ने खाँचो पनि उत्तिकै टड्कारो देखिन्छ । 

अहिलेको संकटले देशको परनिर्भरमुखी अर्थतन्त्रलाई पुनर्संरचना गर्ने अवसर पनिदिएको छ । यस क्रममा कृषिका अतिरिक्त अन्य सम्भावना युक्त उद्योगहरूलाई उचित अध्ययनका आधारमा प्राथमिकता दिने र तिनको दिगोपनका आधारहरू खोजिनुपर्छ । देशको अर्थतन्त्रलाई पुनर्संरचनागर्ने भन्नेबारे अर्थविद्, योजनाविद्, नीति–निर्माता र राजनीतिकशक्तिहरूको रचनात्मकभूमिकाअपेक्षित छ । यस सिलसिलामायी साझेदारबीच उचित समन्वय र सहकार्य पनिउत्तिकै आवश्यक छ । 

प्रकाशित: १० वैशाख २०७७ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App