२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चार दिनसम्म भोकभोकै हिँडेर सुर्खेत

बर्दियाको बाह्रबर्दिया नगरपालिलिकाका महेश चौधरीसहितका १२ जना युवाहरु लकडाउन सुरु हुनु पाँच दिनअघि मात्रै गाडी चढेर जुम्ला पुगेका थिए। सदरमुकाम खलंगा नजिकै सरकारी भवन र पुल निर्माणको काम थियो।

धार्मिक सम्मेलनमा सहभागी ६ जनाको आरडिटी नेगेटिभ

सप्तरीमा भएको धार्मिक सभामा सहभागी भएका पाँचथरको फिदिममा बस्ने ६ जनाको -यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) का क्रममा कोरोना नेगेटिभ देखिएको छ।

लकडाउनको २७ औं दिनः अत्यावश्यक काम बाहेक सबै ठप्प

आज नेपाल लकडाउनको २७ औं दिन। कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले चैत्र ११ गते लकडाउन घोसणा गरे यता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ। यो बन्दाबन्दिको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन।

संक्रमणले त्रास, संक्रमित १२ को अवस्था सामान्य

प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ संक्रमितको स्वास्थ्य अवस्था शनिबार साँझसम्म सामान्य छ । तर यो संक्रमणले तनावको आकार भने बढाएको छ।

जनकपुरमा पैसा फालेर फरार महिलामा ‘आरडिटी पोजेटिभ’ देखियो

जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ।

रोल्पा सदरमुकाममा औषधि छर्कियो

रोल्पा नगरपालिकाले सदरमुकाम लिवाङ क्षेत्रमा औषधि छर्केको छ। नेपाली सेनाको खड्क दल गण र नेपाल प्रहरीको सहयोगमा नगरपालिकाले ‘सोडियम हाईपोक्लोराईड’ नामको औषधि बजार क्षेत्रमा छर्किएको नगर प्रमुख पूर्ण केसीले बताए।

सकेको गरौँ

यो मागमात्र गर्ने समय हैन । आफूले, आफ्नो समूहले, आफ्नो संस्थाले सकेको गर्ने र नसकेको विषयमामात्र सरकार वा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने कार्यचाहिँ महत्वपूर्ण हुन्छ ।

महामारीमा भ्रष्टाचार

महामारीका बेला स्वास्थ्य उपकरणहरूको सामान खरिदमा भ्रष्टाचारको उच्च जोखिम बढ्छ । तसर्थ हामी चनाखो भई सरकारको काम र गतिविधिलाई अरु बेला भन्दा अझै बढी सजग भएर नियाल्नुपर्छ ।

दुई सय २८ विदेशी स्वदेश फर्किए

शुक्रबार नेपालमा अलपत्र विभिन्न १९ मुलुकका दुई सय २८ जना स्वदेश फर्केका छन् । बेलायतबाट रित्तै आएको टाइटन एयरको बोइङ ७६७ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई सय २८ जनालाई दुबई हुँदै बेलायत उडाएको विमानस्थल कार्यालयले जनाएको छ ।

रेमिट्यान्स झण्डै एक खर्ब घट्ने

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् ।

रोकिएका उपकरण ल्याउन भारतले सघाउने

भारतीय ऊर्जा सचिव संजिवनन्दन सहायले आफ्नो भूमिमा रोकिएका नेपाली जलविद्युत् आयोजनाहरुको उपकरण नेपाल ल्याउन सहजीकरण गर्ने आश्वासन दिएका छन् ।

रिपोर्टर डायरी: गर्भवती डेरा निकाला कि ‘क्वारेन्टाइन’मा?

सञ्चारकर्म कै दौरानमा नागरिक दैनिकमा प्रकाशित ‘कोरोना त्रासमा गर्भवती डेरा निकाला’ समाचारले कीर्तिपुरका केही व्यक्तिलाई चित्त दुखेको खबर सामाजिक सञ्जालबाट थाहा पायौं। हामी प्रकाशित गरेको सामग्रीप्रति केही व्यक्तिले असन्तुष्टी पोखेकाले प्रष्टाउने प्रयास गरेका छौं।

राहत कोषमा करिव ८० लाख जम्मा

टीकापुर नगरपालिकाले स्थापना गरेको राहत कोषमा करिव ८० लाख रुपैयाँ जम्मा भएको छ। नगरपालिकाले आज गरेको पत्रकार सम्मेलनमा विभिन्न संघसंस्था र व्यक्तिले  नगदका साथै खाद्यान्न समेत सहयोग गरेको बताइएको छ।

प्रभावितलाई कुपन दिएर पसलबाटै राहत

जिल्लाको कालिका गाउँपालिका–३, इँटपारेका सुसिला नेपालीको दुई जनाको परिवार छ। उनले चैत २४ गते नजिकैको पसलबाट दैनिक उपभोग्य सामग्री लिइन्। लकडाउन भएपछि दैनिक गुजरा चलाउन समस्या परेको उनको परिवारलाई वडाले कुपन दियो। कुपन लिएर नजिकैको पसलमा गएर सामग्री लिइन्। ‘मास्क लगाएर गएको थिएँ’, उनले भनिन्, सामग्री लिने ठाउँमा मान्छे पनि कम थिए।’

तातोपानीबाट मेडिकल सामाग्री आउन थाल्याे, स्थानीय विराेधमा

शुक्रबार मात्र नाकामा तीन सय ७२ कार्टुन मेडिकल सामाग्री आइपुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्