२३ आश्विन २०८१ बुधबार
image/svg+xml

खत्याडमा खटिए स्वास्थ्यकर्मी

मुगु जिल्लाको खत्याड गाउँपालिकामा ¥यापिड टेस्ट गर्दा एक जनामा कोरानाको एन्टिबडी पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशषज्ञ चिकित्सक सहितको टोलि खटाएको छ।

राहत कार्यान्वयन गर्न तीन कार्यकारी निर्देशक परिचालन

सरकारले घोषणा गरेको राहत कार्यान्वयन गराउने उद्देश्यले नेपाल राष्ट्र बै‌कले तीनजना कार्यकारी निर्देशक परिचालन गरेको छ ।

१६ निजी अस्पतालमा कोरोना उपचार सेवा

सरकारले  १६ वटा निजी अस्पताललाई कोभिड– १९ उपचारको लागि समावेश गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि रहेका अस्पतालको संख्यामा थप गरी निजी अस्पताललाई पनि कोभिड– १९ को उपचारको दायरामा लिएको जनाएको हो।

थप ३० जना क्वारेन्टाइनमा

कर्णाली प्रदेश सरकारले बुधबार राति थप ३० जनालाई क्वारेन्टाइनमा राखेको छ। विभिन्न जिल्लाहरुमा रोजगारी गरेर फर्केका उनीहरुलाई बबई नाकाबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएको हो।

जुम्लाबासीको घरदैलोमा स्वास्थ्यकर्मी

विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस ¬(कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी घरदैलोमा परिचालन गरेको छ। चैत ३० गते देखि चन्दननाथ नगरपालिकाको वडा नं. १ बाट स्वास्थ्यकर्मीको घरदैलो शुरु गरेको हो। स्वास्थ्यकर्मीले कोरानाको रोकथाम,नियन्त्रण र जनचेतनामुलक कार्यक्रम गर्नेछन्।

घर आउन नपाएपछि भारतीय क्वारेन्टाइनमै किरिया

मजदुरी गर्न भारतको उत्तराखण्ड गएका दार्चुला शैल्यशिखर नगरपालिका– १ का वासुदेव भट्ट लकडाउनका कारण सीमावारि आउन नपाएपछि दुई सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्। कोरोना जोखिमबाट जोगिन नेपाल र भारत दुवैले लकडाउन गरेका छन्। दुवै देशले सीमाबाट हुने आवातजावत पनि बन्द गरेका छन्। यसै कारण भट्टलगायत नेपाली भारतीय भूमिमै रोकिन बाध्य भएका हुन्।

नेकपा रसुवाद्वारा स्वास्थ्य सामग्री प्रदान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।  विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पार्टीले सामग्री प्रदान गरेको हो। नेकपा रसुवाका अध्यक्ष कन्र्याल लामाले मंगलबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई सामग्री हस्तान्तरण गरे।

रसुवामा सञ्चालित चारवटा एम्बुलेन्समा छेकाबार लगाइयो

रसुवामा सञ्चालित ६ वटा एम्बुलेन्समध्ये चारवटामा छेकाबार लगाउने काम सकिएको छ। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआउँदासम्मका लागि जिल्लामा सञ्चालित एम्बुलेन्समा छेकाबार लगाउने काम गरिएको हो।

१९ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपाेर्ट ‘नेगेटिभ’

खोटाङको जन्तेढुंगा गाउँपालिकामा विदेशबाट फर्किएका १९ जनाको कोरोना भाइरस ९कोभिड–१९०को र्‍यापिड डाइग्नोस्टिक टेष्ट ९आरडिटि० रिपोर्ट ‘नेगेटिभ‘ आएको छ। विदेशबाट फर्किएका गाउँपालिकाभित्रका १९ जनामा कोरोना भाइरसको संक्रमण भएरनभएको यकिन गर्नका लागि बुधबार र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा १९ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बुधबार आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ९८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए।

आरडीटी पोजेटिभ, पिसिआर रिपोर्ट नेगेटिभ

भारतको नयाँ दिल्ली स्थित मर्कज(धार्मिक भेला)बाट फर्केका दुई जना जमातीको -यापिड डायग्नोष्टिक टेष्ट(आरडीटी) परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपनि पिसिआर परीक्षण रिपोर्ट  नेगेटिभ आएको छ।

हिँडेर आएका ३५ जनालाई क्वारेन्टाइनमा राखियो

विभिन्न जिल्लाहरुबाट पैदल हिँडेर कर्णाली प्रदेश भित्रिएका ३५ जनालाई प्रदेश सरकारले मंगलबार मध्यराति क्वारेन्टाइनमा राखेको छ।

कर्णालीमा विकास निर्माणका काम नरोकिने

कर्णाली प्रदेश सरकारले कर्णालीमा सीमित जनशक्तिबाट नियन्त्रितरूपमा मेसिनऔजारको प्रयोग गरी सञ्चालन हुने विकास निर्माणका कार्य सञ्चालन हुन दिने निर्णय गरेको छ। कोभिड¬–१९ अर्थात् कोरोना भाइरस रोकथाम र नियन्त्रणलाई मध्यनजर राख्दै लकडाउनको पालनाको लागि बढी जनशक्ति प्रयोग हुनेबाहेकका विकास निर्माणका कार्य सञ्चालन गर्न दिने मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

संक्रमित युवकको परिवार क्वारेन्टाइनमा

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतीपुरका कोरोना भाइरस संक्रमित युवकको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। युवकमा संक्रमण भएको पुष्टि भएपछि स्थानीय प्रशासनले युवकका बुवा, आमा, भाउजू र बहिनीसहित १२ जनालाई तत्काल सोमवार राति नै क्वारेन्टाइनमा ल्याएर राखेको ईशनाथ नगरपालिकाको स्वास्थय शाखा प्रमुख इशारजुल खानले जानकारी गराएका छन्।

थप ५० जनाको कोरोना रिर्पोट नेगेटिभ

विदेशबाट भित्रिएकाहरुको -यापिट टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली गाउँमा खटिएको छ। यसअघि स्वाब लिन नसकेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको -यापिड टेस्न गर्न थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्