३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

१६ निजी अस्पतालमा कोरोना उपचार सेवा

पवित्रा सुनार/सुनील सापकोटा

काठमाडौं - सरकारले  १६ वटा निजी अस्पताललाई कोभिड– १९ उपचारको लागि समावेश गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि रहेका अस्पतालको संख्यामा थप गरी निजी अस्पताललाई पनि कोभिड– १९ को उपचारको दायरामा लिएको जनाएको हो।

सरकारले नर्भिक, अल्का, सुमेरु, बिएन्डबी, ह्याम्स, निदान, स्टार, बयोधा, ब्ल्युक्रस, चिरायु, विनायक, सहिद मेमोरियल, गणेशमान अस्पताल,  ग्रान्डी, डाक्टर उपेन्द्र देवकोटा मेमोरियल र मेडिसिटी अस्पताललाई  लिने निर्णय गरेको हो।

त्यस्तै नोवल मेडिकल कलेज विराटनगर, जानकी मेडिकल कलेज जनकपुर, नेसनल मेडिकल कलेज विरगन्ज, कलेज अफ मेडिकल साइन्स चितवन, काठमाडौं मेडिकल केलज काठमाडौं, नेपाल मेडिकल कलेज काठमाडौं, किस्ट मेडिकल कलेज ललितपुर, केयू धुलिखेल हस्पिटल र पाटन एकेडेमी अफ हेल्थ साइन्सलाई पनि कोरोनाको उपचार गर्ने अस्पतालका रुपमा तोकिएको छ।

त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटल, गण्डकी मेडिकल कलेज पोखरा, मनिपाल मेडिकल कलेज पोखरा, पोखरा एकेडेमी अफ हेल्थ साइन्स पोखरा, लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपालगन्ज मेडिकल कलेज बाँके, युनिभर्सल कलेज अफ मेडिकल साइन्स दाङ, देवदत्त मेडिकल केलज रुपन्देही र कर्णली एकेडेमी अफ हेल्थ साइन्स जुम्लालाई पनि कोरोनाको उपचार गर्ने अस्पतालका रुपमा तोकिएको छ।

यी अस्पतालबाट कोरोनाको ¥यापिड टेस्ट, ज्वरो क्लिनिकलगायतका सेवा उपलब्ध हुने मन्त्रालयले जनाएको छ। सरकारले कोरोना उपचारका लागि ६४ वटा हब अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल र २२ वटा मेडिकल कलेजलाई तोकेको हो।

सरकारले काठमाडौं उपत्यकाभित्र बिरामीलाई अस्पताल पु¥याउन सयभन्दा बढी बेड भएका गैरसरकारी अस्पतालका एम्बुलेन्स पनि प्रयोगमा ल्याउने निर्णय गरेको छ। एम्बुलेन्स सेवा लिन १ सय २ नम्बरमा फोन गर्नुपर्नेछ।

सरकारले ¥यापिड डाइग्नोसिस टेस्टका लागि निजी तथा सरकारी प्रयोगशालाका कर्मचारीलाई अभिमुखीकरण तालिम दिएको छ। कोभिड १९ उपचारका लागि हरेक बिहीबार प्रादेशिक विपद् व्यवस्थापन केन्द्रसित भर्चुअल बैठक गर्ने निर्णय पनि भएको छ। यो निर्णयसँगै प्रदेश सरकारसित सहकार्य गर्न सहज हुने मन्त्रालयले जनाएको छ।

१९ हजार ४ सयजनाको परीक्षण

सरकारले हालसम्म १९ हजार ४ सय ३२ जनामा कोरोना परीक्षण गरिसकेको जनाएको छ। तीस्मध्ये ७ हजार २ सय ४० नमुना पिसिआर प्रविधिबाट र १२ हजार १ सय ९२ नमुना -यापिड डाइग्नोसिस किटमार्फत परिक्षण गरिएको हो। पिसिआर प्रविधिबाट गरिएका परीक्षणमध्ये अहिलेसम्म १६ जनाको पोजेटिभ रिपोर्ट आएको छ। तीमध्येमा एकजना निको भइसकेका छन् भने १५ जना विभिन्न अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन्।

पछिल्लो २४ घण्टाभित्र ३ सय ६९ नमुना पिसिआरबाट र ३ हजार २ सय ६३ नमुना ¥यापिड डाइग्नोसिस प्रविधिबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ। हालसम्म ६९ जिल्लामा ¥यापिड डाइग्नोसिस टेस्ट सेवा उपलब्ध छ। ताप्लेजुङ, डोल्पा, रुकुम, मनाङ, ओखलढुंगालगायतका आठ जिल्लामा अझै यो सेवा पुगेको छैन। बिहीबारसम्ममा देशभरमा ४ हजार ९ सय एकजना क्वारेनटाइनमा र एक सय ३ जना आइसोलेसनमा छन्।

प्रकाशित: ५ वैशाख २०७७ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App