७ वैशाख २०८१ शुक्रबार
समाज

संक्रमित युवकको परिवार क्वारेन्टाइनमा

रौतहट - रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतीपुरका कोरोना भाइरस संक्रमित युवकको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। युवकमा संक्रमण भएको पुष्टि भएपछि स्थानीय प्रशासनले युवकका बुवा, आमा, भाउजू र बहिनीसहित १२ जनालाई तत्काल सोमवार राति नै क्वारेन्टाइनमा ल्याएर राखेको ईशनाथ नगरपालिकाको स्वास्थय शाखा प्रमुख इशारजुल खानले जानकारी गराएका छन्।

क्वारेन्टाइनमा ल्याएपछि युवकको परिवारका सबैको तत्काल र्यापिड टेस्ट गरिएको छ। सबैको रिपोर्ट निगेटिभ आएको छ।  यसै गरी क्वारेन्टाइमा काम गरिरहेका सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगर प्रहरी, सफाइ कर्मचारी गरी ३५ जनाको पनि रैपिड टेस्ट गरिएको छ। सबै कर्मचारीको पनि रिपोर्ट निगेटिभ आएको स्वास्थ्य प्रमुख खानले बताएका छन्।

यसै गरी ईशनाथ नपाको क्वारेन्टाइनबाट घर फिर्ता गएका एघार जनालाई पनि बोलाएर रैपिट टेस्ट गरिएको छ। क्वारेन्टाइनबाट फिर्ता भएकाहरुको रिपोर्ट पनि निगेटिभ आएको हो। अहिले ईशनाथ नगरपालिकाको अवस्था सामान्य रहेको र लकडाउनलाई अत्यन्त कडा पारिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन्।

संक्रमित युवक भेटिएको क्वारेन्टाइनको नेपाली सेनाको एक टोलीले स्थलगत निरीक्षण पनि गरेको छ। जिल्लाको विभिभन्न क्वारेन्टाइनमा मंगलवार १६४ जना रहेका छन् भने १३६ जना फिर्ता भएको प्रजिअ घिमिरेले बताएका छन्। क्वारेन्टाइनको व्यवस्थापन पनि सजिलो भएको र क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्यको पनि उचित व्यवस्थापन भएको प्रजिअ घिमिरेले जानकारी गराएका छन्।

प्रकाशित: २ वैशाख २०७७ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App