९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

नेकपा रसुवाद्वारा स्वास्थ्य सामग्री प्रदान

रसुवा-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।  विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पार्टीले सामग्री प्रदान गरेको हो। नेकपा रसुवाका अध्यक्ष कन्र्याल लामाले मंगलबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई सामग्री हस्तान्तरण गरे। 

पार्टीले सर्जिकल मास्क ९ हजार र ग्लोब्स २ हजार थान उपलब्ध गराएको छ। यसैगरी नेकपा रसुवाका नेता एवम् संविधान सभा सदस्य जनार्दन ढकालले १५ सेट पीपीई १ सय ६९ बोतल ह्यान्ड स्यानीटाइजर र ४ सय बोरा जिरा मसिनो चामल प्रदान गरेका छन्। 
 

सले कोरोना भाइरसको संक्रमणबाट बच्न र संक्रमण भएको खण्डमा उपचार गर्नका लागि सहज हुने छ। यी सामग्री आवश्यकता अनुसार वितरण गरिने प्रजिअ भण्डारीले बताए।

 

प्रकाशित: ३ वैशाख २०७७ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App