४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

खत्याडमा खटिए स्वास्थ्यकर्मी

जुम्ला  - मुगु जिल्लाको खत्याड गाउँपालिकामा ¥यापिड टेस्ट गर्दा एक जनामा कोरानाको एन्टिबडी पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशषज्ञ चिकित्सक सहितको टोलि खटाएको छ। प्राध्यापक डा. सुनिल बुढाथोकीको नेतृत्वमा टोली खटाएको निर्देशक मंगल रावलले जानकारी दिए। टोलीमा डा.कपिल अमगाइ,पब्लिक हेल्थ विज्ञ डा. निशान्त लामा, नबराज रावत र विष्णुभक्त आचार्य सहितको स्वास्थ्यकर्मीको टोली खटाइएको हो।

कर्णाली प्रदेश सरकारले खत्याड गाउँपालिकामा विशेषज्ञ सहितको टोली खटाउन आग्रह गरेपछि कर्णाली प्रतिष्ठानले टोली खटाएको हो। टोलीको सबै व्यवस्थापन खत्याड गाउँपालिकाले गर्ने भएको छ। टोलीलाइ जनस्वास्थ्य कार्यालय कालिकोटले ६० र जनस्वास्थ्य कार्यालय जुम्लाले ४० वटा आरडिटी किट उपलब्ध गराएको छ।  संक्रमणको आशंका गरिएका व्यक्तिको स्वाब लिनको लागि भिटिएम समेत टोलीले लिएर गएको छ।  जुम्लाबाट हिँडेको टोलीलाइ आवश्यक सहयोग गर्ने प्रतिनिधि सभा र प्रदेश सभाका सांसदले समेत आश्वासन दिएका छन्। 

टोलीले खत्याड गाउँपालिकाको सबै घरमा पुगेर स्क्रिनिङ गर्नेछ। एक हप्ता सम्म खत्याडमै बसेर संकास्पद ब्यक्तिको उपचार देखि अनुसन्धान गर्ने प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँछन्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले घरदैलोमा स्वास्थ्यकर्मी अभियान थालेपछि संघीय सरकारले पनि चाहिने जति आरडिटी उपलब्ध गराउने बचन दिएको छ। 

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थालेको घरदैलोमा स्वास्थ्यकर्मी अभियानलाइ प्रदेश भरी विस्तार गर्न समन्वय भइरहेको बताउँछन्। खत्याडमा विशेषज्ञको टोली पनि त्यही अभियानकोे मर्म अनुसार खटाइएको बताए। उनले भने,‘ कर्णाली प्रतिष्ठानले विपतका समयमा थालेको घरदैलोमा स्वास्थ्यकर्मी अभियान निकै प्रभावकारी छ। अब यसलाइ प्रदेश भर विस्तार गर्न आवश्यक छलफल शुरु भइसकेको छ। ’ उनले अहिले स्वास्थ्यकर्मीका्े तथ्यांक संकलन र कलस्टरिङ गरिरहेको बताउँदै यो अभियानलाइ मेडिकल मार्चका रुपमा स्थापित गर्ने बताए। 

यो मार्च कोराना नियन्त्रण नहुन्जेल सम्म जारी रहनेछ। प्रत्येकको घरदैलोमा पुगेर स्वास्थ्य उपचारका क्रियाकलाप गर्ने छ।  जुम्लाको चन्दननाथ नगरपालिका १ देखि घरदैलो कार्यक्रम शुरु भएको थियो।
खत्याडमा गएको टोली संग स्थानीय सरकारले आफ्ना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ।

 

प्रकाशित: ५ वैशाख २०७७ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App