२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बेलसोत क्वारेन्टाइनका २६ घर फर्किए

कोरोना भाइरस (कोभिड–१९) संक्रमण आशंकामा क्वारेन्टाइनमा राखिएका उदयपुरका २६ जना घर फर्केका छन् । भारतका बिभिन्न ठाउँबाट काकडभिट्टा नाका हुँदै आप्mनो घर उदयपुर आएका ३ महिलासहित २६ जनालाई गत १२ गतेदेखि कटारी नगरपालिका १ बेलसोतस्थित नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा मापदण्ड नपुगेको निश्कर्ष

उदयपुरका क्वारेन्टाइनहरु मापदण्ड बमोजिम नभएको पाइएको छ। जिल्ला समन्वय समिति उदयपुरले गरेको अनुगमनमा क्वारन्टाइन र क्वारेन्टाइनमा राखिएका संभावित संक्रमित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार नभएको निश्कर्ष निस्केको हो।

आइसोलेसनमा राखिएका विरामीको काेराेना रिर्पोट नेगेटिभ

कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएको विरामीको रिर्पोट नेगेटिभ आएको छ। १०–१२ दिनदेखि निरन्तर ज्वारो आएपछि मायादेवी–१ बस्ने ५८ वर्षीय पुरुषलाई सोमबार थप उपचारका लागि भैरहवाको भिम अस्पताल आइसोलेसनमा राखिएको थियो।

विदेशबाट फर्किएकाको विवरण पत्ता लगाउन २० हजार सीमकार्ड ट्रयासिङ गरिदै

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस नियन्त्रणका लागि गठन भएको कोभिड-१९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेशन (सीसीएमसी अप्स) ले पछिल्लो समय सञ्चालनमा आएका २० हजार मोबाइल सीमको निगरानी सुरु गरेको छ ।

भक्तपुरमा कोइला बोकेका ट्रक भित्रिएपछि बढ्यो कोराना त्रास

भक्तपुरका इटाभटा आसपासमा बढेको कोरोना त्रास अझै हटेको छैन। देशभर लकडाउन भइरहेको बेला यहाँंका इटाभटामा तराईबाट कोइला बोकेका गाडीहरु प्रवेशपछि यहाँं कोरोनाको त्रास बढेको थियो। कोइला बोकेका ट्रकहरु नेपालको पर्साको वीरजंगबाट हेटौडा हुदैं शनिबार भक्तपुर आइपुगका थिए।

यूएनडिपिले दियो गोरखाका स्थानीय तहलाई ८० वटा ‘थर्मल गन’

पुन निर्माणमा काम गर्दै आएको गैरसरकारी संस्था युएनडिपीले बजारमा अभाव भएका बेला गोरखाका ८ स्थानीय तहलाई ८० वटा थर्मल गन (ज्वरो नाप्ने उपकरण) सहयोग गरेको छ। धेरै प्रयास गर्दा समेत एउटा पनि थर्मल गर्न खरिद गर्न नसकेका ८ वटा पालिकाको वडैपिच्छेका स्वास्थ्य संस्थालाई पुग्ने गरी युएनडिपीले बितरण गरेको हो।

जुम्लाका ३ सय २४ जनाको रिर्पोट नेगेटिभ

जुम्लाबाट स्वाब परिक्षण गर्न पठाएका ३ सय २४ जनाको रिर्पोट  नेगेटिभ देखिएको छ।  भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका तीन सय २४ जनाको घुम्ती मेडिकल टोली मार्फता स्वाब पठाइएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावलका अनुसार जुम्लाका ३ सय २४ जनाको स्वाब नेगेटिभ देखिएको जानकारी दिए। उनले भने,‘ यो जुम्लाबासुीको लागि खुसीको कुरा हो।

जसले कोरोना महामारीसँग लड्न सक्षम बनायो

चीनको वुहान क्षेत्रमा कोरोना  भाइरस(कोभिड–१९) ले आक्रान्त पार्दासम्म अमेरिकाले खासै चासो दिएको थिएन। त्यतिबेला सम्म पनि  राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरानालाई चाइनिज भाइरसको संज्ञा दिएका थिए।

राहत बाड्न स्थानीय सक्रिय

जुम्ला रारा गाउँका मुनबहादुर बस्नेत अतिविपन्नलाइ राहत बाँड्न व्यस्त छन्। उनी आफ्नै लगानीमा विपन्नलाइ राहत बाँड्न थालेका हुन्। स्थानीय सरकारले गाउँमा अतिविपन्नको नाम सुचिकृत गरेको छ। त्यही आधारमा गाउँमा राहत बाँडिरहेको उनले बताए।

सीमा सील गर्दै प्रदेश सरकार, थप एक हजार सुरक्षाकर्मी खटाइने

प्रदेश २ को वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सरकारले दक्षिणवर्ती सीमा सिल गर्न गृहकार्य थालेको छ। सीमा सिल गर्न प्रदेश सरकारले संघीय सरकारसँग थप सुरक्षाकर्मी मागेको छ।

काठमाडौंबाट फर्केकालाई सिँधै क्वारेन्टाइनमा

काठमाडौंबाट खोटाङ फर्किएका पाँच युवा घर नपुगी क्वारेन्टाइनमा पु-याइएका छन्। काठ्माण्डौंबाट ठाउँ–ठाउँमा पैदल तथा ठाउँ–ठाउँमा खाद्यान्न ढुवानी गर्ने गाडीमार्फत यात्रा गर्दै घर फर्केका दिप्रुङ चुईचुम्मा गाउँपालिकाका–७ टेम्माका ४ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका–४ बतासेका १ युवालाई क्वारेन्टाइनमा राखिएको हो।

राहत कोषमा रकम बढी, खर्च कमः अन्धाधुन्द वितरण

प्रदेश र स्थानीय सरकारले छुट्टाछुट्टै कोराना रोकथाम र तथा राहत कोष बनाएका छन्। लकडाउन भएको तीन साता हुन लाग्दाँ पनि राहत कोषको रकम न्यूनमात्रै खर्च भएको छ। बिपन्न परिवार, मजदुरको एकिन तथ्यांक लिएर व्यवस्थित रुपमा बितरण हुन सकेको छैन।

उपत्यकामा ५ सय १८ बेडको क्वारेन्टाइन तयार

सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ। कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८ जनालाईक्वारेन्टिन राख्न क्षमता रहेको बताए।

लकडाउनको सारथी फिल्म र पुस्तक

प्रायः कम फिल्म हेर्ने अधिवक्ता दुर्गाप्रसाद सापकोटाको बन्दाबन्दी (लकडाउन) को सारथी फिल्म बनेको छ। उनी फुर्सदको समयमा भ्रमणमा रुची राख्छन्। चैत ११ गतेदेखि लगातार लम्बिएको लकडाउनले उनी फुर्सदिला भएका छन्। उनीजस्तै कृषि अनुसन्धान केन्द्रका प्रमुख बन्धुराज बराल फिल्ममा धेरै रुची राख्दैनन्। तर लकडाउनपछि फिल्म नहेरि उनलाई सुक्कै छैन।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको न्यूयोर्कमा सामूहिक अन्त्यष्टी

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या बढेपछि सामूहिक अन्त्यष्टी गरिएको छ। हार्ट आइल्याण्डमा सुरक्षित कपडा लगाएका कर्मचारीहरुले गहिरो खाडलमा चाङ लगाएर शवका कोफिनहरु मिलाइरहेको तस्बिर रोयर्टसले सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्