२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसनमा राखिएका विरामीको काेराेना रिर्पोट नेगेटिभ

भैरहवा- कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएको विरामीको रिर्पोट नेगेटिभ आएको छ। १०–१२ दिनदेखि निरन्तर ज्वारो आएपछि मायादेवी–१ बस्ने ५८ वर्षीय पुरुषलाई सोमबार थप उपचारका लागि भैरहवाको भिम अस्पताल आइसोलेसनमा राखिएको थियो।

मंगलबार विहान विरामीको नमुना संकलन गरी भैरहवाको अञ्चलपुरस्थित गहुबाली अनुसन्धान केन्द्र परिसरमा स्थापित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो। दिउँसो आएको विरामीको स्वाभ परीक्षण रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएको भिम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए।

कोभिड–१९ भाइरसको लक्षणहरु ज्वरो, सासफेर्नमा समस्या र रुघाखोकी देखिएपछि उनलाई थप उपचारका लागि आइसोलेसनमा रािखएको थियो। एक साताअघि विरामीले नजिकैको क्लीनिकमा स्वास्थ्य चेकजाँच गराई औषधि उपचार गराइरहेका थिए। स्वास्थ्यमा सुधार नदेखिएपछि विरामी सोमबार विहान मात्रै भीम अस्पताल आएका थिए।

अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले कोरोनाको शंकामा भर्ना गरी आइसोलेसन कक्षमा राखी उपचार भइरहेको थियो, उपचारको क्रममा अस्पतालमा गरिएको (आरडिटी) र्‍यापिड टेष्टबाट भने उनको रिपोर्ट नेगेटिभ नै आएको थियो।
विरामीका कोरोना संक्रमण नदेखिएको अवस्था छ, अहिले विरामीको अवस्था पनि सामान्य नै छ, उनीमा देखिएको भाइरल डायरियाको उपचार भइरहेको छ, सञ्चो भएपछि डिस्चार्ज गर्छौ सूचना अधिकारी उपाध्यायले नागरिक न्यूजलाई भने।

भीम अस्पताल यस क्षेत्रकै पुरानो सरकारी अस्पताल हो प्रदेश सरकारले अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालको रुपमा विकास गरिरहेको छ। अबको २–३ दिनमा ५ वटा आइसियुसहितको ३५ वेडबाट कोरोना संक्रमितको उपचार केन्द्रको रुपमा विकास गर्न लागिएको छ।
 
 
 

प्रकाशित: २ वैशाख २०७७ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App