२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंबाट फर्केकालाई सिँधै क्वारेन्टाइनमा

खोटाङ – काठमाडौंबाट खोटाङ फर्किएका पाँच युवा घर नपुगी क्वारेन्टाइनमा पु-याइएका छन्। काठ्माण्डौंबाट ठाउँ–ठाउँमा पैदल तथा ठाउँ–ठाउँमा खाद्यान्न ढुवानी गर्ने गाडीमार्फत यात्रा गर्दै घर फर्केका दिप्रुङ चुईचुम्मा गाउँपालिकाका–७ टेम्माका ४ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका–४ बतासेका १ युवालाई क्वारेन्टाइनमा राखिएको हो।

चाउचाउ खाँदै तीन÷चार दिनको यात्रा गरेर हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार प्रहरीचौकीमा आइपुगेका उनीहरुलाई प्रहरी र स्थानीय तहको समन्वयमा सिधै क्वारेन्टाइनमा पु¥याइएको हो।

क्वारेन्टाइनमा बस्ने शर्तमा प्रहरीचौकीबाट छुट्कारा उनीहरुलाई शनिबार राति ११ बजेदेखि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका–१ याम्खास्थित स्वास्थ्यचौकीको क्वारेन्टीनमा लगेर राखिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। ‘उहाँहरु काठ्माण्डौंबाट घर आउनेक्रममा प्रहरीचौकी च्यास्मीटारले चेकजाँजकाक्रममा रोकेर राखेका रहेछन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘हाम्रै गाउँपालिकाको उपाध्यक्ष सपना राईको रोहवरमा क्वारेन्टीनमा बस्ने शर्तमा उहाँहरु छुट्नु भयो। त्यसपछि उहाँहरु सिधै क्वारेन्टीनमा आइपुग्नु भएको हो।’

उनीहरु कतिपय होटल तथा अन्य मजदुरका काम गर्ने कामदार तथा कतिपय कोरियान भाषा अध्ययन गर्ने छन्।

पाँच युवा थपिएपछि स्वास्थ्यचौकी याम्खाको क्वारेन्टीनमा बस्नेको संख्या ६ पुगेको छ। यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित जनचेतना प्रावि तृतिय भञ्ज्याङमा बनाइएको क्वारेन्टीनमा ६ जना बसिरहेका छन्। शहर तथा विदेशबाट फर्किएका स्थानीयलाई खाने सुविधा सहित क्वारेन्टीनमा राखिएको गाउँपालिकाले जनाएको छ।

क्वारेन्टाइनबाट पाँच जना घर फर्किए

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको क्वारेन्टाइनबाट पाँच जना घर फर्केका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा स्वास्थ्यचौकीको क्वारेन्टाइनमा १४ दिनभन्दा बढि समय राखिएका उनीहरुलाई शनिबार घर पठाइएको हो। १४ दिनसम्म राख्दा पनि स्वास्थ्यमा कुनै समस्या नआएपछि स्वास्थ्यकर्मीसँगको परामर्शमा उनीहरुलाई क्वारेन्टानबाट घर पठाइएकोे गाउँपालिका अध्यक्ष राईले बताए।

क्वारेन्टाइनमा बसेर घर फर्कनेमा भारतको उत्तराखण्डबाट घर आएपछि चैत १३ गतेदेखि क्वारेन्टीनमा राखिएका छोरम्बुका चार जना र चैत १२ गतेदेखि राखिएका याम्खाका एक जना छन्। हालसम्महलेसी तुवाचुङ नगरपालिकामा ९ जना, केपीलासगढी गाउँपालिकामा ४ जना र साकेला गाउँपालिकामा १ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

प्रशासनका अनुशार जिल्लाका १० स्थानीय तहमा ३७५ बेडको क्वारेन्टीन तयार पारिएको छ। तर, हालसम्म छ गाउँपालिकाले विदेशबाट फर्किएका स्थानीयलाई क्वारेन्टाइनमा राख्न सकेको छैन। स्थानीय तहले विदेशबाट आएका व्यक्तीलाई होम क्वारेन्टाइनमा छाडेको जनाएको छ। अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तीलाई पनि सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने छुट दिएकाले क्वारेन्टाइनमा बस्नेको संख्या न्यून देखिएको हो।

प्रकाशित: ३० चैत्र २०७६ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App