२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

फाइल तस्बिर

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ।

हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव मंगलबार भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो।

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो। शव ल्याउने तयारी भइरहेको छ। आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँं पठाइएको छ। 

प्रकाशित: २२ आश्विन २०८१ १७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App