२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

यूएनडिपिले दियो गोरखाका स्थानीय तहलाई ८० वटा ‘थर्मल गन’

गोरखा नगरपालिकालाई थर्मल गर्न दिँदै युनएनडिपीका प्रमुख, लिँदै नगर प्रमुख। तस्विर ः नागरिक

गोरखा -  पुन निर्माणमा काम गर्दै आएको गैरसरकारी संस्था युएनडिपीले बजारमा अभाव भएका बेला गोरखाका ८ स्थानीय तहलाई ८० वटा थर्मल गन (ज्वरो नाप्ने उपकरण) सहयोग गरेको छ। धेरै प्रयास गर्दा समेत एउटा पनि थर्मल गर्न खरिद गर्न नसकेका ८ वटा पालिकाको वडैपिच्छेका स्वास्थ्य संस्थालाई पुग्ने गरी युएनडिपीले बितरण गरेको हो।

गोरखा नगरपालिकालाई १६ थान, पालुङटार नगरपालिका १४, शहिदलखन १०, आरुघाट १०, गण्डकी ८, धार्चे ८, सिरानचोक ८ र अजिरकोट गाउँपालिकालाई ६ वटा थर्मलगन उपलब्ध गराइएको युएनडिपी गोरखाका प्रमुख राम सापकोटाले बताए। ‘पहिल्यै ल्याउने तयारी थियो, सप्लायर्सका कारण केही दिन ढिलो भयो’ उनले भने ‘आरुघाट र धार्चेमा बुधवार र बाँकी सबैमा मंगलवार दिउँसो सम्म पुग्छ।’ यूएनडिपीले यस अघि तीन हजार मास्क र नौ सय ५० थान सेनिटाईजर स्थानीय तह र सुरक्षा नियकायलाई बितरण गरेको थियो।

‘हामीले बजारमा खरिद गर्न धेरै प्रयत्न गर्दा पाएनौँ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘युएनडिपीले कहिँकतै नपाएका बेला यो बिपत्तीमा थर्मल गन सहयोग ग¥यो।’ बजारमा महँगो मूल्य भन्ने, माग अनुसार नपाउने समस्याका कारण आरुघाट गाउँपालिकाले एउटा पनि थर्मल गर्न खरिद गर्न नसकेको प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए। 

अन्य गैरसरकारी संघ संस्था कोरोना बिपत्तीको समयमा गुमनाम भएका बेला युएनडिपीले भने स्थानीय प्रशासन, स्थानीय तह सँगको सहकार्यमा आफ्नो कार्यक्षेत्र रहेको पालिकामा सहयोग गरिरहेको भन्दै स्थानीय तहका प्रमुखहरु खुसी भएका छन्। भुकम्पपछि केन्द्रबिन्दु जिल्ला गोरखामा करोडौँको परियोजना चलाएर बसेकाका अधिकासं एनजिओ/आइएनजिओको यो बिपत्तीको बेला अत्तोपत्तो छैन।

प्रकाशित: २ वैशाख २०७७ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App