२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ताप्लेजुङका अधिकांस क्वारेन्टाइन रित्तै

ताप्लेजुङमा निर्माण भएका अधिकांस क्वारेन्टाइन रित्तै रहेका छन्। ९ स्थानीय तह र ३ वटा विभागीय कार्यालयमा १ सय ७४ शैयाको क्वारेन्टाइन निर्माण भएपनि क्वारेन्टाइनमा भने २ मात्रै रहेका छन्।

समयले सिकाउँदो रहेछ

खोक्दा वा हाच्छिउँ गर्दा नाकमुखलाई टिस्स्यु अथवा कपडाले छोप्नुपर्छ भनेर अभिभावकले सिकाएकाले मैले त नङ टोक्न पनि छोडिसकें ।

देशैभर धमाधम र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

चीनबाट ल्याइएको किटको गुणस्तरलाई लिएर प्रश्न उठेको अवस्थामा तिनको विश्वसनीयता प्रमाणित नहुँदै धमाधम कोरोना परीक्षण अगाडि बढाइएको छ।

विपन्न र मजदुरकै हात रित्तो, कुहिएको चामल बाँडेर भ्रष्टाचार

नागरिकता नभएका, मतदाता नामवलीमा नाम नभएका, डेरामा बस्ने तथा असंगठित क्षेत्रमा काम गर्ने जिल्लाबाहिरका मजदुरलाइ रुपन्देहीमा राहतबाट वञ्चित गरिएको छ।

र्‍यापिड टेष्ट सुरु, रिर्पोट नेगेटिभ

रोल्पामा ५ नम्बर प्रदेश सरकारले सुरु गरेको कोरोनाको र्‍यापिड टेष्ट शुक्रबारबाट सुरु भएको छ। जिल्ला अस्पतालको प्राविधिक टोलीले सुनिलस्मृती, रोल्पा नगरपालिका लगायतका स्थानीय तहबाट र्‍यापिड टेष्ट सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिले बताए।

घर फर्कन पाउँदाको खुशी, भन्छन्, ‘ढुक्क भएर जान पाइने भयो’

घरमा सुत्केरी श्रीमतीको स्याहारका लागि भारतको चेन्नईबाट मजदुरी गरेर फर्केका पचालझरना गाउँपालिकाका कालिकोटका पवन शाही वीरेन्द्रनगरमा नेपाली सेनाको क्वारेन्टाइनमा बसे। १४ दिने क्वारेन्टाइन अवधि पुरा गरेर शनिबार घर फर्किँदा उनको मुहारमा छुट्टै चमक थियो। ‘अव गाउँमा कसैले पनि शंकाको दृष्ट्रिकोणले हेर्ने छैनन्,’ शाहीले भने, ‘ढुक्क भएर जान पाइने भयो।’

भारतबाट आएकाहरु क्वारेन्टाइनमै बस्दैनन्

भारतबाट महावु गाउँपालिकामा आएका २१ जना व्यक्तिहरु गाउँपालिका मुकाम गौडाबाँजमा २ दिन क्वारेन्टाइनमा बसे। गाउँपालिकाकै अगुवाईमा ती व्यक्तिहरु गाउँपालिकाकै सल्लाहमै २ दिनमै घर फर्किए।

पाँचथरमा र्‍यापिड टेष्ट सुरु

१ नम्बर प्रदेश सरकारले सुरु गरेको र्‍यापिड टेष्ट पाँचथरमा शनिबारबाट सुरु भएको छ। राँके बजारमा फाल्गुनन्द गाँउपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएकाहरुको शनिबार दिउँसो टेष्ट गरिएको हो। क्वारेन्टाइनमा रहेका आठै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ।

राहतको सूचीमा सम्पन्न परिवार

टीकापुर नगरपालिकाको केही वडामा राहत वितरणका लागि संकलन गरिएको सूचीमा सम्पन्न घरपरिवारलाई समेटेको पाइएको छ।वडा नं. १ मा गठन भएको आपूर्ति व्यवस्थापन समितिले संकलन गरेको विपन्न परिवारको सूचीमा सम्पन्न परिवार समेत समेटिएका छन्।

सीमामा खटिएका प्रहरी जवान आइसोलेसनमा भर्ना

सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना भएका छन्।

पाँचथरमा आजबाट र्‍यापिड टेष्ट

१ नम्बर प्रदेश सरकारले सुरु गरेको र्‍यापिड टेष्ट आज (शनिवार)बाट पाँचथरमा  हुने भएको छ। प्राविधिक टोली आइपुगेपछि शनिवार अबेर राँकेबजारबाट र्‍यापिड टेष्ट सुरु हुने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

सोडियम हाईपोक्लोराइड छर्कदै नगरपालिका

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा कोरोना भाइरस (कोभिड–१९)को जिवाणु नाश गर्ने रसायन (औषधि) छर्किन थालेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप नगरपालिकाले दिक्तेलबजारको जिरोपइन्ट (रत्नपार्क)देखि सोडियम हाईपोक्लोराइड नामक डिसइन्फेक्ट्यान्ट छर्किन सुरु गरेको हो।

रसुवामा एक जनालाई आइसोलेसनमा राखियो

भारतबाट फर्किएका एक जना पुरुषलाई ज्वरोमा सुधार नआएपछि आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। बुधबार जिल्ला अस्पताल रसुवा पुगेका उनलाई औषधि दिएर घर पठाइएको थियो।

त्रिभुवन विश्वविद्यालयद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म सबै तहका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

१६ दिन क्वारेन्टाइनमा बिताएपछि २३ जना घर फर्किए

टीकापुर नगरपालिका–१ स्थित बहुमुखी क्याम्पस भवनमा रहेको क्वारेन्टाइनबाट आज २३ जना घर गएका छन्। उनीहरु मध्ये ३ बालिकासहित ८ महिला र १५ पुरुष थिए। उनीहरुको कोरोना भाइरस सम्बन्धीको रिपोर्ट नेगेटिभ आएपछि टीकापुर नगरपालिकाले घर पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्