२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

घर फर्कन पाउँदाको खुशी, भन्छन्, ‘ढुक्क भएर जान पाइने भयो’

तस्बिर:  घर जाने तयारीमा क्वारेन्टाइनमा बसेकाहरु।

सुर्खेत – घरमा सुत्केरी श्रीमतीको स्याहारका लागि भारतको चेन्नईबाट मजदुरी गरेर फर्केका पचालझरना गाउँपालिकाका कालिकोटका पवन शाही वीरेन्द्रनगरमा नेपाली सेनाको क्वारेन्टाइनमा बसे। १४ दिने क्वारेन्टाइन अवधि पुरा गरेर शनिबार घर फर्किँदा उनको मुहारमा छुट्टै चमक थियो। ‘अव गाउँमा कसैले पनि शंकाको दृष्ट्रिकोणले हेर्ने छैनन्,’ शाहीले भने, ‘ढुक्क भएर जान पाइने भयो।’ 

सुरुका केही दिन उनलाई क्वारेन्टाइनमा बस्न सकस भयो। काँडेतारले घेरिएको पर्खाल। आएका आफन्त र साथीसँगसमेत भेट्न त के बोलचालसमेत गर्न पाइन्थेन। ‘यस्तोमा सुरुका केही दिन सकसपूर्ण रहे,’ उनले क्वारेन्टाइनमा बस्दाको अनुभव सुनाउँदै भने, ‘यो सबै हाम्रो र हाम्रो परिवारको सुरक्षाका लागि हो भनेर चित्त बुझायौं।’

अहिले भारतलगायतका तेस्रो मुलुकबाट आएकाहरुलाई घर–समाजले हेर्ने दृष्ट्रिकोणनै फरक छ। ‘हामी क्वारेन्टाइनमा नबसेर सिधै घर भएको भए बरु समस्या हुने गरेछ,’ सुर्खेतको चिंगाड गाउँपालिकाका धनबहादुर नेपालीले भने, ‘क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुका साथै स्वाव परीक्षण रिपोर्टसमेत नेटेभिट आएकाले ढुक्कसँग परिवार र समाजमा बस्न सकिने भैयो।’

वीरेन्द्रनगरको खुल्लामञ्चमा रहेको क्वारेन्टाइनबाट शनिबार एक सय ८३ जना घर फर्केका छन्। एक सय ८८ जना मध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी छ। क्वारेन्टाइनबाट घर फर्केकाहरु थप सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेका अनुसार थप एक साता होम क्वारेन्टाइनमा बस्ने कागज गराएर उनीहरुलाई छोडिएको हो।

 ‘क्वारेन्टाइनमा रहेका सबैको स्वाव संकलन गरेर काठमाडौंस्थित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका थियौं,’ उनले भने, ‘ति मध्ये एक सय ८३ जनाको आएको रिपोर्ट नेगेभिट देखिएकाले १४ दिनको क्वारेन्टाइन अवधि पुरा गराएर घर पठाएका हौं।’ उनले बाँकी रहेका पाँच जनाको रिपोर्टका आधारमा घर पठाउने वा नपठाउने विषयमा निर्णय गरिने बताए।
प्रदेश सरकारको सहयोगमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा सुर्खेतका ५७, दैलेखका ८७, जाजरकोटका २०, जुम्लाका १६, कालिकोटका सात र सुदूरपश्चिमको अछामका एक जना थिए।

प्रकाशित: २९ चैत्र २०७६ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App