२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दसैंको यात्राः विमानस्थलमा भद्रगोल, सबैजसो उडान दुई घण्टा ‘डिले’

दसैंका लागि सडक मार्गबाट यात्रामा निस्कँदा भोग्ने सास्ती नेपालीका लागि सामान्य नियति विद्यमान छ नै। सहज यात्राको अपेक्षा गरेर हवाई यात्रामा निस्कँदा पनि उस्तै सास्ती व्यहोर्नुपर्ने स्थिति बनेको छ।

दसैंका बेला राजधानी (काठमाडौं) बाट बाहिरिँदा महँगो टिकट दर एकातिर चुनौती छ भने अर्कातिर अनियमित उडान तालिकाको सास्ती झन् ठुलो छ।

जसको दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन बनेको छ। जहाँ अहिले सयौँ यात्रु भरिभराउ छन् भने त्यहाँको पर्खाइ झन् पट्यारलाग्दो छ। निर्धारित समयमा उडान हुने भन्दै विमानस्थल बोलाइएका यात्रु टर्मिनल भवनको यात्रु प्रतीक्षा गृहमा घण्टौँ थुनिएर बस्नु परिरहेको छ।

यात्रुहरूका अनुसार अहिले सबैजसो आन्तरिक उडान निर्धारित समयमा भन्दा कम्तीमा दुई घण्टा ‘डिले’ हुँदै आएका छन्। त्यसले यात्रुहरूको यात्रा समय मात्रै लम्ब्याएको छैन, उनीहरूको यात्रा क्यालेन्डर नै प्रभावित पारेको छ। निर्धारित समयमा यात्रा तय नहुँदा गन्तव्यमा तय गरिएका कामहरू समेत नराम्ररी प्रभावित भइरहेको यात्रुहरूको गुनासो छ।

प्रकाशित: २३ आश्विन २०८१ १६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App