coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देशैभर धमाधम र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं  - विवादित भएपनि स्वास्थ्यकर्मीले -यापिड डाइग्नोस्टिक टेस्ट र पिसिआर विधिबाट कोरोना परीक्षण गरेका छन्। विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका मानिसलाई लक्षित गरी कोरोना परीक्षण जारी रहेको बताइएको छ। 

धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार सुदूरपश्चिमका ९ वटा जिल्लामा ¥यापिड टेस्ट थालिएको छ। बिहीबारदेखि -यापिड टेस्ट किटमार्फत परीक्षण सुरु गरिएको हो। किटमार्फत हालसम्म एक हजार नौ सय ७५ जनाको परीक्षण भइसकेकोमा सबैमा कोरोना संक्रमण नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए। क्वारेन्टाइनमा बसेका र कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएकाको -यापिड टेस्ट गरिएको उनले जानकारी दिए। 

भारतबाट फर्केका १५६२ जनाको नमुना संकलन

सुदूरपश्चिममा भारतमा कोरोना संक्रमण फैलिएपछि डेढ लाखजति मानिस भित्रिएका थिए। भारतबाट फर्केका २ जनामा संक्रमणसमेत देखियो। संक्रमण देखिएका कैलाली लम्कीचुहा नगरपालिका ९ का २१ वर्षीय युवक चैत ११ गते दिनभरि धनगढीको त्रिनगर नाकामा मानिसको भिडमा थिए। यी सबै कारण सुदूरपश्चिममा भारतबाट फर्केका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा समुदायमा महामारी फैलिने चिन्ता विज्ञहरुले गरेका बेला नेपाली सेना र स्वास्थ्यकर्मीको टोलीले भारतबाट फर्केकाहरुको थ्रोट स्वाब संकलन गरिरहेको छ। अछाम, डोटी, बैतडी, डडेल्धुरा र दार्चुलामा थ्रोट स्वाव संकलन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। 

चीनबाट ल्याइएको किटको गुणस्तरलाई लिएर प्रश्न उठेको अवस्थामा तिनको विश्वसनीयता प्रमाणित नहुँदै धमाधम कोरोना परीक्षण अगाडि बढाइएको छ। 

सुदूरपश्चिममा भारतबाट फर्केका धेरै भएकाले सरकारले महत्व दिएर हेलिकोप्तरमार्फतन टोली परिचालन गरी नमुना संकलन सुरु गरेको हो। यी नमुनाको रिपोर्टलाई महत्वका साथ कुरिएको छ। अछामबाट संकलन भएका २ सय २६ मध्ये १ सय १२ जनाको रिपोर्ट आइसकेको छ। ती सबैमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय अछामका कोभिड–१९ फोकल पर्सन देवदत्त जोशीले बताए। 

विश्वसनीयता जाँच नहुँदै परीक्षण सुरु

गत मंगलबार -यापिड टेस्टको विश्वसनीयता जाँच गर्न भनेर कैलाली र कञ्चनपुरबाट २ सयजनाको रगत र थ्रोट स्वाब संकलन गरि काठमाडौं पठाइएको थियो। ती नमुना किटमार्फत र पिसिआर मेसिनबाट क्रस चेक गर्दा रिपोर्ट मिलेर विश्वसनीयता प्रमाणित भएपछि मात्र -यापिड टेस्ट गर्ने भनिएको थियो। तर रिपोर्ट नआउँदै बिहीबारदेखि -यापिड टेस्ट सुरु गरिएको छ। चैत ११ गतेदेखि क्वारेन्टाइनमा बसेकाको बसाइ अवधि १४ दिनभन्दा बढी भएकाले उनीहरुले छिटो जाँच गरेर घरजान दिन दबाबबढेपछि गाइडलाइन बनाएर -यापिड टेस्ट सुरु गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए।

स्वास्थ्य मन्त्रालयले -यापिड टेस्टका लागि १० हजार किट प्रदेशलाई उपलब्ध गराएको उनले जानकारी दिए। चीनबाट ल्याइएको किट विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको भन्दै प्रश्न उठेको थियो।किटको गुणस्तरमा प्रश्न उठेकाले विश्व स्वास्थ्य संगठनले ¥यापिड टेस्ट विश्वसनीय नहुने जनाएको छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार उक्त प्रदेशमा अहिलेसम्म पिसिआर मेसिनबाट ३ सय ५३ जनाको जाँच भएकोमा ४ जनाको पोजेटिभ र ३ सय ४९ जनाको नेगेटिभ रिपोर्ट आएको छ।१ हजार ३ सय ५३  जनाको रिपोर्ट आउन बाँकी छ।देशभरिमा कोरोनाका ९ संक्रमित देखिएकोमा सुदूरपश्चिममा ४ जना छन्।सेती प्रादेशिक अस्पतालमाउपचाररत उनीहरुको अवस्था सामान्य छ।  

विराटनगर संवाददाता राजु अधिकारीका अनुसार बिपी स्वास्थ्य विज्ञान  प्रतिष्ठान धरान र कोसी अस्पताल विराटनगरमा पिसिआर विधिबाट र प्रदेशका सबै जिल्लामा ¥यापिड टेस्ट विधिबाट कोरोना संक्रमणको परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ।मुख्यमन्त्री कार्यालयको हेल्थ डेस्कका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार पिसिआर विधिबाट परीक्षण गर्न शनिबारसम्ममा २ सय ११ जनाको नमुना संकलन भएको छ। तीमध्ये १ सय ७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। अन्यको रिपोर्ट आउन बाँकी छ। शनिबार मात्रै ३१ जनाको नमुनासंकलन भएको छ।

त्यसैगरी -यापिड टेस्ट विधिबाट ९३ जनाको जाँच भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री इन्द्र आङबोका अनुसार यो विधिबाट प्रदेशका सबै १४ वटै जिल्लामा नमुना परीक्षण सुरु भएको छ।पाँचथर संवाददाता गिरिराज बाँस्कोटाका अनुसार  जिल्लामा ¥यापिड टेस्ट विधिबाट परीक्षण सुरु भएको छ। राँके बजारमा फाल्गुनन्द गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएकाहरुको शनिबार दिउँसो  टेस्ट गरिएको हो। क्वारेन्टाइनमा रहेका आठै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ।

उदयपुर संवाददाता महेश्वर चाम्लिङका अनुसार उदयपुरका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै पुगेर परीक्षण सुरु गरेका छन्। बिहीबार साँझ प्रदेश कार्यालयबाट किट आईपुगेपछि परीक्षण सुरु गरिएको हो। जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुवेदीले किट प्राप्त भएपछि शुक्रबार बिहानदेखि परीक्षण थालिएको जानकारी दिए।

रोल्पा संवाददाता दिनेश सुवेदीका अनुसार जिल्ला अस्पतालको प्राविधिक टोलीले सुनिलस्मृति, रोल्पा नगरपालिका लगायतका स्थानीय तहबाट ¥यापिड टेस्ट सुरु गरेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीका अनुसार हालसम्म ३५ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

पाल्पा संवाददाता मुक्ति न्यौपानेका अनुसार जिल्लामा ४४ जनाको -यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभआएको छ। ती सबै धनगढीको नाकाप्रयोगगर्दै लकडाउनको समयमा जिल्लामा आएर क्वारेन्टाइनमा बसेका थिए। 

म्याग्दी संवाददाता हरिकृष्ण गौतमका अनुसार जिल्लामा शनिबार ३३ जनाको -यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। ‘एक महिनाभित्र विदेशबाट आएकाको टेस्ट गर्नेछौं’, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले भने, ‘६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ।’

पोखरा संवाददाता सन्देशश्रेष्ठका अनुसार गण्डकी प्रदेशमा -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)मार्फत हालसम्म ६ सय ४९ जनाको परीक्षण गरिएको छ।हालसम्म बागलुङमा ४ सय ७६, कास्कीमा १९, गोरखामा २, स्याङ्जामा १ सय १९ र म्याग्दीमा ३३ जनामा आरडिटी गरेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेक सबैमा आरडिटी किट पठाइसकिएको छ।

प्रकाशित: ३० चैत्र २०७६ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App