२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सीमामा खटिएका प्रहरी जवान आइसोलेसनमा भर्ना

बैतडी- सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना भएका छन्।

३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोशीले बताए। सीमा नाकाबाट धेरै मानिस आवतजावत गर्ने र सीमा नाकामा खटिएका प्रहरी जवानमा ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरेका हो। उनको अवस्था अहिले समान्य रहेको डा. जोशीले बताए।

आइसोलेसनमा भर्ना गरिएका प्रहरी जवानको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइ सकिएको छ। यसअघि पनि जिल्ला अस्पातलमा दुई जनालाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको थियो। उनीहरुको रिपोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो। कोरोनाको शंकास्पद बिरामीको उपचारका लागि जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ।

प्रकाशित: २९ चैत्र २०७६ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App