२३ आश्विन २०८१ बुधबार
image/svg+xml

लकडाउनको १८औं दिन : राजधानीका सडक सुनसान

लकडाउनको १८औं दिन शुक्रबार पनि राजधानीका सडकहरु सुनसान देखिएका छन्। चैत ११ गतेबाट सुरु भएको लकडाउनको कारण राजधानीका सडक सुनसान छन्। अत्यावश्यक सवारी, मालबाहक सवारी बाहेक अन्य चलेका छैनन्। रिङरोडमा अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासबाहक सवारी मात्र चलेका छन्। ठाउँठाउँमा प्रहरीले चेकिङमा कडाई गरेको छ।

रुकुमपश्चिममा ४१ जनाको स्वाब संकलन गरी सुर्खेत पठाइयो

भारत तथा अन्य मुलुकबाट रुकुमपश्चिममा आएका ४१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश राजधानी सुर्खेत पठाइएको छ। कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका २९ जनाको स्वाब संकलन गरेर लगिएको छ।

वीरेन्द्रनगरका जनप्रतिनिधिले घर भाडा नलिने

नेपाल सरकारले गरेको निर्णयलाई सघाउ पु¥याउन वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिले आफ्नो घरको घर भाडा नलिने भएका छन्। वीरेन्दनगर नगरपालिकाको कार्यपालिकाको बैठकले एक महिनाको घर भाडा नलिने निर्णय गरेको हो।

भारतमा हाइड्रोक्सीक्लोरोक्विन औषधि अभाव हुने डर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड १९ को संभावित उपचारको लागि भारतबाट हाइड्रोक्सीक्लोरोक्विन औषlध माग गरेपछि भारत सरकारले यो औषधी निर्यात गर्ने भएको छ। तर भारत सरकारको यो निर्णयका कारण भारतमा यो औषधीको अभाव हुन सक्ने जानकारहरुले बताएका छन्।

सबै संक्रमितको अवस्था सामान्य

कोरोना संक्रमण भएका मध्ये ८० प्रतिशतमा सामान्य लक्षण देखिन्छ र निको हुन्छ।१० देखि १५ प्रतिशतमा केही बढी समस्या देखिन्छ भने पाँच प्रतिशतलाई मात्र भेन्टिलेटरबाट कृत्रिम श्वास दिनुपर्ने हुन्छ।

'लगाउने मास्क छैन, ज्वरो नाप्ने मेसिन छैन'

सुर्खेतको लेकवेशी नगरपालिकाको चौरासे स्वास्थ्य चौकीमा सात जना स्वास्थ्यकर्मी कार्यरत छन्। कोरोना संक्रमणका कारण भइरहेको लकडाउनमा पनि दैनिक ३०–३५ को हाराहारीमा विरामीहरु चेकजाँचका लागि आउँछन्। यी मध्ये अधिकांश छिमेकी मुलुक भारतबाट फर्केकाहरु आउँछन्। विरामी चेकजाँच गर्दा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), मास्क, पञ्जा र स्यानिटाइज प्रयोग गर्न सरकारले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ तर, यहाँका स्वास्थ्यकर्मीसँग मुखमा लगाउने मास्कसमेत छैन।

भारतीय क्वारेन्टाइनका सन्तुष्ट नेपाली

रक्सोलस्थित क्वारेन्टाइनमा रहेका नेपालीलाई बस्ने, खाने तथा नियमित स्वास्थ्य जाँचलगायतको सुविधा उपलब्ध गराइएको छ।

तीन सय ३० जनाको ‘स्वाब’ संकलन

भारतबाट आएर डोटीका क्वारेन्टाइनमा बसेका र अन्यगरी तीन सय ३०जनाको ‘थ्रोट स्वाब’ संकलन गरेर काठमाण्डौं पठाइएको छ। क्वारेन्टाइनमा बसेका तीनसय पाँचजना र अन्य गरी तीनसय ३० जनाको नोवेल कोरानाभाईरस(कोभिड–१९)को परिक्षणका लागि बुधबार थ्रोट स्वाब संकलन गरी पठाइएको हो।

असुरक्षित क्वारेन्टाइन: समूहमा बस्नुपर्ने बाध्यता, तीन जनाले ओढ्छन् एउटै सिरक

संभावित मान्छे आफूपनि सुरक्षित होस र यदी संक्रमण भएको भए अरुलाई पनि नसार्न सकोस भनेर क्वारेन्टाइनमा राख्ने गरिएपनि याहाँका क्वारेन्टाइन र क्वारेन्टाईनमा बस्नेको कथा बेग्लै छ।

कोरोना कहर : यस्तो छ रोल्पाको अवस्था

जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार रोल्पामा ११ हजार २ सय ४८ जनालाई चेकजाँच गरिएको छ। जिल्ला भरमा आइसोलेसनका लागि बेड संख्या २३ छ। क्वारेन्टाइन बेड संख्या ५ सय ९४ रहेको छ भने २ सय १८ पुरुष र ३२ महिला गरि २ सय ५० जना क्वारेन्टाइनमा छन्।

ताप्लेजुङबाट पठाइएका तीन जनाकाे परीक्षण रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट मंगलबार दिउँसो पठाइएको ३ जनाकै स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका कोरोना संक्रमण सम्बन्धी फाँट हेर्ने फोकल पर्सन हेमराज कठायतले स्वाब परीक्षणका लागि पठाइएको ३ जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

मापदण्ड नपुगेपछि पुनः चार जनाको स्वाब धरान पठाइयो

मापदण्ड नपुगेपछी पुनः स्वाब संकलन गरी परीक्षणका लागि धरान पठाइएको छ। चार जनाको स्वाब परीक्षणका लागि पुनः धरान पठाइएको जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए।

लकडाउनको १६औं दिन : सुनसान काठमाडौं

नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले घोषणा गरेको लकडाउन आज १६औं दिन पनि जारी रहेको छ। चैत ११ गते विहान ६ बजेबाट लागू हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी वर्षको वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्