२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘लकडाउन’को मारमा मजदुर

‘लकडाउन’का कारण सरकारी तथा गैरसकारी कार्यालयदेखि होटेल, पसल सबै पूर्ण रुपमा बन्द छन्। आर्थिक कारोबार ठप्प मात्र छैन, देशको अर्थतन्त्रमा समेत असर परेको छ। समग्रमा कोरोना संक्रमणले थलिएको विश्वमा नै आर्थिक गतिविधिमा व्यापक ह्रास आएको छ।

लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न अपिल गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन्।

राहतकोषमा ईटा उद्योगीको सहयोग

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले जिल्लाका विभिन्न स्थानीय तहमा ६ लाख बढी सहयोग गरेको छ। देशको यो विषम परिस्थितीमा राष्ट्र र जनतालाई कोभिड–१९ भाइरसको उच्च जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन सहयोग गरिएको हो।

रीताको प्रश्न: ‘मन्त्री वा नेताका आफ्ना मान्छे मरेको भए के गर्थे?'

रुपन्देहीको सैनामैना ४ कि रिता थापाले पती गुमाएको १० दिन भयो।बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका श्रीमानको शव अहिले पनि अस्पतालकै शव गृहमा छ। ६ र ७ बर्षका दुई छोराको साथमा रिता सैनामैना ४स्थित शिसौडाँडामा रहेको डेरामा छिन्।

र्‍यापिड टेस्ट गर्न नमुना संकलन

र्‍यापिड टेस्ट किटको विश्वासनीयता मापन गर्न नमुना संकलन गरिएको हो। संकलित नमुना -यापिड टेस्ट किट र पिसिआर मेसिन दुवैमा परीक्षण गरिनेछ। रिपोर्ट मिलेमा सो किटबाट मास र्‍यापिड टेस्ट गरिनेछ।

काँग्रेस नेता खड्काद्वारा ५ लाखको पीपीई सहयोग

नेपाली काँग्रेस जाजरकोटका नेता एवम् महासमिति सदस्य रत्नवहादुर खड्काले जाजरकोटका स्वास्थ्यकर्मीहरुका लागि ५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री पीपीई दिएका छन्।

‘जुन स्थानीय तहबाट स्वाब पठाईन्छ, प्राविधिक र ढुवानी खर्च उसैको’

अब ताप्लेजुङको कुन स्थानीय तहबाट स्वाब परीक्षणका लागि पठाईने हो,त्यसको ढुवानी र प्राविधिक खर्च त्यहिँको स्थानीय तहले ब्यर्होनुपर्ने भएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठकले जुन स्थानीय तहबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाउने हो, त्यसको खर्च सम्बन्धित स्थानीय तहलाई व्यर्होन अनुरोध गर्ने निर्णय गरेको हो।

सिङफ्रिङ क्वारेन्टाइनबाट भागे युवक

इलामको सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन्। इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका–३, सुलुबुङका सरोज अधिकारी भागेका हुन्।

‘राज्यले खानबस्नको व्यवस्था गर्नुपर्ने माग

सरकारले ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) दोस्रो पटकसम्म समय थपेर चैत २५ गतेसम्म पु¥यायो। त्यसयता सयौं कर्णालीवासी रातारात घर पुगे। केही आफ्नो गन्तव्यसम्म पुग्न सकेनन्। बीचबोटमै उनीहरू लकडाउनका कारण अलपत्र अवस्थामा छन्।

स्वाव परीक्षण सुस्त

कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गरे यता विदेशबाट आठ हजार ५ सय ५० जना नागरिक कर्णाली प्रदेशमा भित्रिएका छन्। सरकारले लकडाउनको अवधिमा विदेशबाट आउने सबै नागरिकहरुलाई न्यूनतम १४ दिन क्वारेन्टाइनमा राख्न र उनीहरुको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ।

विपदमा जुट्दै टीकापुरका सहयोगी हातहरु

कोरोना भाइरसका कारण जनजीवन प्रभावित बन्दै गएपछि टीकापुर नगरपालिकालाई सहयोग गर्नेहरुको संख्या बढ्न थालेको छ। संक्रमणको सन्त्रास बढेसँगै आर्थिक अवस्था कमजोर भएका विपन्न घरपरिवारलाई राहत प्रदान गर्न नगरपालिकाले बनाएको आकस्मिक कोषमा विभिन्न संघसंस्था र व्यक्तिहरुले नगद तथा जिन्सी सामाग्री प्रदान गर्न थालेका छन्।

ताप्लेजुङबाट ३ जनाको स्वाब परीक्षणका लागि पठाउने तयारी

जिल्ला अस्पतालको आइसोलेसन कक्षमा रहेका एकसहित तत्काल ताप्लेजुङका ३ जनाको स्वाब टेष्ट गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने भएको छ। जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले स्वाब परीक्षणका लागि पहिलो चरणमा ३ जनालाई सूचीमा राखिएको जानकारी दिए।

दमकमा स्वाव परीक्षणको तयारी

झापाको दमकमा कोरोना शंकास्पद बिरामीको स्वाव परीक्षणको तयारी थालिएको छ। अन्तर्राष्ट्रिय अप्रवास संगठन (आइओएम)को दमकमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालालाई प्रयोग गर्ने तयारी भएको हो।

निजी अस्पताल सरकारको नियन्त्रणमा रहने

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सरकारले निजी अस्पताल र  मेडिकल कलेजलाई नियन्त्रणमा लिएर कोरोना संक्रमितको उपचारमा खटाउने तयारी गरेको छ।

डब्लुएचओको निर्देशिका अवरोध: विज्ञ

डब्लुएचओले संक्रमणको लक्षण देखिएका व्यक्तिको परीक्षण गर्न निर्देशिका जारी गरेको छ तर लक्षण नै नदेखिएका व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्