२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आइसोलेसनबाट भागेका एकसहित ९ जना क्वारेन्टइनमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आइसोलेसनबाट भागेका एक जनासहित ९ जनालाई क्वारेन्टीनमा राखिएको छ।

दुई वटा घरको भाडा छुट दिने राईको घोषणा

खोटाङका समाजसेवी जनकराज राईले चैत महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन्। हाल ललितपुरमा बस्दै आएका समाजसेवी राईले महालक्ष्मी नगरपालिका–८ लुभु र ललितपुर महानगरपालिका–१५ सातदोबाटोमा रहेको दुई वटा घरमा बसिरहेका व्यक्तीलाई एक महिनाको भाडा छुट गर्ने घोषणा गरेका हुन्।

उदयपुरको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिए

उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिएका छन्। भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा भागेका उदयपुर ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।

सकियो पैसा, पुगिएन गन्तव्यमा

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन सरकारले चैत ११ गते बन्दाबन्दी (लकडाउन) लगायो। लकडाउनको पूर्व सूचना पाएका हजारौं सर्वसाधारण आफ्नो घर फर्किए। मुगु छायानाथ रारा नगरपालिका–२, तुमा गाउँका शिवराज रावल (२४) र सोही गाउँ धर्मसिंह रावल (३९) पनि आफ्नो मजदुरी छाडेर चैत ९ गते घर फर्कने निधो गरे।

काठमाडौँदेखि सप्तरीसम्म पैदल हिँड्नेको लर्को

सप्तरी जिल्लास्थित हनुमान नगरका पप्पु मण्डल विपी राजमार्गको शान्तिनगरमा हिँड्दै गरेका भेटिए। उनी चार दिनदेखि निरन्तर हिँडिरहेका थिए। काठमाडौमा मजदुरी गर्ने मण्डल चार दिन हिँडेर सिन्धुली आइपुगेका थिए।

'आइसोलेसन' बेडबाट भगवान पुकार्दै युवक

सास फेर्न असहज महसुस भएपछि लहान नगरपालिका–२२ जहदीका एक युवक कोरोना भाइरस(कोभिड १९) परीक्षणका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुर पुगे।

दुबई दुई साताका लागि लकडाउन

युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।

ओम्नीको बदमासी, निर्वाचन आयोगलाई 'सेकेन्ड ह्यान्ड' प्रिन्टर बिक्री

पाँच रुपैयाँमा हुने कामलाई १३ रुपैयाँ लाग्नेगरी ओम्नीले डेढ करोडभन्दा बढी मतदाता परिचयपत्र छाप्न निर्वाचन आयोगबाट २२ करोडको ठेक्का पाएको थियो।

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

कोरोना भाइरसको संक्रमण विश्वभरि पैmलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ।

काेराेना जाेखिममा पनि सांसद पाैडेल निर्वाचन क्षेत्रमा

नोबोल कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिरहेका बेला सांसद देवेन्द्र पौडेल निर्वाचन क्षेत्रमा पुगेका छन्। डाक्टर र जनतामा थप मनोबल बढाउने र आवश्यक सामग्री अभाव हुन नदिने उदेश्यले निर्वाचन क्षेत्रका स्वास्थ्यचौकी र पालिकाहरूमा पुगेर निरीक्षण गरेका हुन्।

भारतबाट नेपाल प्रवेश गरेका इस्लाम धर्मका गुरुहरु प्रहरी नियन्त्रणमा

भारतमा मुस्लिम धार्मिक सभामा सहभागी भएर शनिबार लुकीछिपी नेपाल प्रवेश गरिरहेको अवस्थामा बारा प्रहरीले इस्लाम धर्मका गुरुहरुलाई नियन्त्रणमा लिएको छ।

सम्झौता हुन नसकेका चालू वर्षका योजनाको रकम बिपद् कोषमा रकमान्तर हुने

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले चालू आवका लागि बिनियोजन तथा तय भएका तर अहिले सम्म सम्झौता नभएका योजनाको रकम रकमान्तर गरेर कोरोना रोकथाम तथा नियन्त्रण राहत कोषमा लगाउने निर्णय गरेको छ।

संकटमा सहकार्य गर्ने विप्लवको प्रस्ताव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण र प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

व्यवसायी भन्छन् : ‘खरिद गर्ने ठाउँमै मूल्य बढ्यो’

ताप्लेजुङमा तरकारीजन्य वस्तुको मूल्य आकाशिएको छ। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनलाई सरकारले गरेको लकडाउन (बन्दाबन्दी) पछि जिल्लामा तरकारीजन्य वस्तुको मूल्य आकाशिएको हो।

जनप्रतिनिधिले एक महिनाको तलब सहयोग गर्ने

धादिङको गजुरी गाउँपालिकाले ‘कोभिड १९ संक्रामक रोग नियन्त्रण कोष’ खडा गरेको छ। गजुरीमा रहेको माछापुच्छ्रे बैकमा जम्मा हुने गरि कोष खडा गरेको हो। कोषलाई प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट संचालन गर्ने तथा गजुरी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको एक महिनाको तलव सोही कोषमा जम्मा गर्ने निणर्य भएको प्रमुख प्रशासकीय अधिकृत युबराज अर्यालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्