२३ आश्विन २०८१ बुधबार
image/svg+xml

छिमेकी बजारमा संक्रमित देखिएपछि मर्चवार त्रसित

मर्चवार नजिकैको भारतीय बजार क्षेत्र कोल्हुईमा कोरोना संक्रमित देखिएपछि यस क्षेत्रका नागरिक त्रसित बनेका छन्। नेपालसँगै टाँसिएका भारतको कोल्हुई र पुरन्दरपुर थाना क्षेत्रका ६ जना विरामीमा कोरोनाको संक्रमित पुष्टी भएपछि शनिबार विहानैदेखि सीमा क्षेत्रका स्थानीय त्रसित छन्ं। टासिएको मर्चवार क्षेत्र पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन स्थानीय सरकारले आग्रह गरेको छन्।

शिवराज नगरपालिकामा ६३ लाखको प्रकोप व्यवस्थापन कोष

कपिलवस्तुको शिवराज नगरपालिकाले ६३ लाखको नगरस्तीय प्रकोप व्यवस्थापन कोष खडा गरेको छ। नगरपालिकाको कार्यपालिका बैठकले बिपद् पीडीतलाई राहत प्रदान गर्न सो कोष खडा गर्ने निर्णय गरेको हो। सो कोष जिल्लाका पालिका मध्ये सबै भन्दा बढी रकमको बिपद् कोष हो। नगर प्रमुख नेत्ररा अधिकरीले बिपद्मा परकोहरुलाई राहत प्रदान गर्न कोष खडा गरिएको बताए।

सरकार मजदुरलाई घरसम्म जाने वातावरण बनाइदेऊ

बर्दिया राजापुरका ४० वर्षिय सिताराम चौधरीका पछिल्ला १३ दिन छटपटाहटमै बितीरहेका छन्। दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउदै आएका उनी निर्माण मजदुर हुन्।

कोरोनाको आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ

बाजुरामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको नमुना रिपोर्ट नेगेटिभ आएको छ। परीक्षणका लागि काठमाडौं केन्द्रीय ल्याप प्रयोगशाला टेकुमा पठाइएको नमुना रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन्।

रोल्पाका चार जनाको स्वाब परीक्षणका लागि पठाइयो

रोल्पाका अस्पतालको आइसोलेसनमा रहेका २ जना र क्वारेन्टाइनमा रहेका २ जना गरि ४ जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ। प्रदेश मार्फत थप परीक्षणका लागि उक्त स्वाब काठमाडौ पठाइने छ। काठमाडौ ईट्टाभट्टा र भारतबाट रोल्पा आएका दुई जना रोल्पा अस्पतालको आइसोलेसनमा छन्। रोल्पा अस्पतालका डा. प्रकाश बुढाका अनुसार आइसोलेसनमा रहेका दुबैको स्वाब परीक्षणका लागि पठाइएको हो।

कोरोना आशंका : कपिलवस्तुमा एक जना आइसोलेसनमा भर्ना

कपिलवस्तुमा कारोनाको आशंकामा एक जनालाई आइसोलेसनमा राखिएको छ। ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको शिवराज नगरपालिकाका ३० वर्षिय एक पुरुषलाई कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले बताए।

नगरपालिकाद्वारा ९ सय ५४ परिवारलाई खाद्यान्न

दैनिक मजदुरी गर्ने तथा विपन्न परिवारलाई नारायण नगरपालिका दैलेखले खाद्यान्न सहयोग गर्ने भएको छ। नगरपालिकाका सबै वडामा रहेका ९ सय ५४ परिवारलाई खाद्यान्न सहयोग गर्ने भएको हो।

लक्षण नै नदेखिए पनि काेरोना 'पोजेटिभ'

कोराेना भाईरस (कोभिड-१९) को संक्रमण देखिएका धनगढी उपमहानगरपालिका  वावडा नम्बर ५ का युवकका भाउजुलाई शनिवार सेती प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको छ। सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीका अनुसार शनिवार बिहान ८ बजेतिर एम्वुलेन्स घरमा पठाएर उनलाई अस्पताल ल्याएर आईसोलेसनमा राखिएको हो।

लकडाउन उल्लंघन गर्ने २४ जनालाई क्वारेन्टाइन पुर्‍याइयाे

सिन्धुपाल्चोक प्रहरीले लकडाउन उल्लंघन गरी सवारी यात्रा गर्ने २४ यात्रुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन पुर्‍याएको छ। साथै यात्रु ओसार्ने पाँच सवारी साधन र तीन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोरोनाका थप तीनजना संक्रमित फेला,  संक्रमितको संख्या ९ पुग्यो

नेपालमा कोरोना भाइरस(काेभि-१९) का थप तीनजना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रायले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा पुष्टि गरेको छ।

क्वारेन्टाइनमा एमबिबिएस डाक्टर र वाईफाई सुविधा

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले सबै क्वारेन्टाइन र आईसोलेशन स्थलहरुमा एमबिबिएस डाक्टरहरुको सुविधा दिएको छ। स्थानीयतहहरुले मापदण्ड बिनै क्वारेन्टाइन कक्ष निर्माण गरेको आरोप लागिरहेका बेला छत्रदेवले डाक्टरसहितको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो।

स्वाव परीक्षणका लागि धरान पठाइयो

गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको नमूना (स्वाव) परिक्षणका लागि धरान पु-याइएको छ। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि तिनै युवतीसँग कतारबाट काठ्माण्डौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना शुक्रबार रात ९ बजे विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएको हो।

लकडाउनको अवधिमा बजारको अवस्था बुझ्न अनुगमन

रसुवाको कालिका गाउँपालिकाले शुक्रबार गाउँपालिकाभित्र रहेका बजारहरूको अनुमगन गरेको छ। लकडाउनको अवधिमा गाउँपालिकाभित्र रहेका बजारको अवस्था बुझ्नका लागि अनुगमन गरिएको हो।

आपूर्ति र व्यवस्थापन बारे बुझ्न हप्तामा २ पटक अनुगमन

दैनिक उपभोग्य बस्तुको उत्पादन, आयात, मौज्दात, आपूर्ति र व्यवस्थापनलाई नियमन गर्ने गरी अब हरेक हप्तामा कम्तिमा २ पटक ताप्लेजुङका बजार/पसल अनुगमन गरिने भएको छ। संक्रामक अवधिलाई मध्यनजर गरी दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापन सहज बनाउन प्रदेश नं १ सरकारको परिपत्र अनुसार गठित ताप्लेजुङ समितिले कार्ययोजना बनाई बजार अनुगमन गर्ने निर्णय लिएको हो।

जोखिममा स्वास्थ्यकर्मी : तल्लो तहका कर्मचारीले पाउदैनन् स्वास्थ्य सामग्री

दश दिनअघि कोरोनाको आशंकामा एक जना बिरामीलाई बुटवलको प्रादेशिक अस्पतालले भर्ना लिन नमानेको घटना बाहिरीएपछि त्यहीका स्वास्थ्यकर्मीले भनेका थिए ‘बिरामीको उचीत उपचार गर्ने होे भने पहिले स्वास्थ्यकर्मी र अस्पताललाई सुरक्षित बनाउ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्