२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कतारबाट फर्किएका एक जनाको स्वाब परीक्षणमा पठाइदै

गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको नमूना (स्वाब) संकलन गरेर परीक्षणमा पठाउने तयारी गरिएको छ।

तिलाले जनप्रतिनिधिको भत्ता र तलब विपद् कोषमा जम्मा गर्ने

जुम्लाको तिला गाउँपालिकाले जनप्रतिनिधिको मासिक भत्ता र शिक्षक कर्मचारीको एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ। विहान बसेको गाउँ कार्यपालिका बैठकले जनप्रतिनिधिको एक महिनाको भत्ता र शिक्षक, कर्मचारीको एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

४० लाखको विपद् व्यवस्थापन कोष

सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले हालको २५ लाख विपद् व्यवस्थापन कोषलाई वृद्धि गरेर ४० लाखको कोष स्थापना गर्ने र विपन्न परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको छ

बाँके कांग्रेसले दियो क्वारेन्टाइन सञ्चालन गर्न कार्यालय

क्वारेन्टाइन सञ्चालन गर्नका लागि नेपाली कांग्रेस बाँकेले आफ्नो पार्टी कार्यालय दिएको छ। जिल्ला सभापति किरण कोइरालाले शुक्रबार एक विज्ञप्ती जारी गरी ‘विपी स्मृती भवन’ को सभाहललाई क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गर्न दिने बताएकी हुन्। दुई तल्ले उक्त कार्यालयमा दुई वटा ठूला सभाहल छन्। भारतबाट नेपाल फर्किने नेपाली नागरिकप्रति सरकारले गरेको ब्यवहारप्रति कांग्रेसले ध्यानाकृष्ट भएको जनाएको छ।

ताप्लेजुङमा ९ जना क्वारेन्टाइनमा, एकको खोजी जारी

फास्ट ट्र्याक निर्माणको काम रोकिएपछि घर फर्किएका ताप्लेजुङका ६ मजदुरसहित ९ जनालाई ताप्लेजुङका बिभिन्न स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा राखिएको छ।

विदेशबाट आएका ४ सय ४९ जना  होम क्वारेन्टाइनमा

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विदेशबाट आएका नागरिकहरु सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बसुन् भन्नको लागि नुवाकोटका स्थानीय तहहरुले निगरानी राख्दै आएको छ।

दिल्लीको धार्मिक भेलाबाट फर्केकाहरुको नमूना पठाइयो

भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा भएको धार्मिक भेलामा (मरकज) सहभागी भई फर्केका ३० जनामध्ये सातजना शंकास्पदको नमूना संकल गरी बिहिबार परीक्षणका लागि पठाइएको छ। उनीहरुलाई सप्तरीको विभिन्न पाँच ठाउँको क्वारेन्टाईनमा राखिएको छ।

जुम्लामा विदेशबाट आउनेको तथ्यांक खोज्दै प्रशासन

जिल्ला प्रशासन कार्यालय जुम्लाले विदेशबाट आउनेहरुको तथ्यांक संकलनको काम अघि बढाएको छ। भारत र खाडीमुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको हो।

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

सरकारले लकडाउन खुकुलो बनाएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिने निर्णय गरेको छ।

वडामा कोरोनाविरुद्ध नेकपाको सचेतनामुलक अभियान

कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर आतंक फैलाइरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न ठाउँमा आ–आफ्नै किसिमले अभियान सञ्चालन भइरहेका छन्। कोरोनाको कारण ‘लकडाउन’ नै लागू गरिएको अवस्थामा यसबाट बच्न र बचाउनका लागि सचेतनामुलक अभियानलाई तिब्रता दिनुपर्ने अवस्था छ।

भारतबाट फर्केका आफन्तसँगको त्रास घट्दै

जस्तै दिनहरु बित्दैछन्, त्यसैगरी बोगटान फुड्सील गाउँपालिका–७ का वुद्धीसिँह विष्टको मनको बोझ कम हुँदै गएको छ । चैतको पहिलो सातादेखि भारतमा रहेका नेपाली धमाधम गाउँ पुग्न थाले । अरुबेला यसरी भारतबाट आफन्त आउन खुसी हुने उनको मन यसपटक भने चिन्ताले भरिदै गयो ।

बिरामीको नाम चोरी गरि एम्बुलेन्समा मान्छे ओसार्दै

बिरामीको नाम चोरी गरि एक एम्बुलेन्समा मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ। सुर्खेतमा रहेको नेपाल अर्वाेद्ध निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखि मुगुसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसारपसार गर्ने गरेको हो। भे१च ७६ नम्बरको उक्त एम्बुलेन्सले दुई जना बिरामीको नाम चोरी गरेर मुगुका १२ जना मान्छे सुर्खेतबाट मुगु ल्याएको छ।

कोरोना संक्रमणको संकेत नदेखिको भन्दै ताप्लेजुङका ३ जना क्वारेन्टाइनमुुक्त

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै फर्किएकी युवतीका साथ आएका ताप्लेजुङका एक यात्रुसहित उनका २ आफन्त बिहीबार क्वारेन्टनमुक्त भएका छन्। उनीहरु गत मंगलबारबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघमा बनाईएको क्वारेन्टाइनमा रहेका थिए।

तनहुँमा विदेशबाट फर्कने ६ सय ८७ जना, क्वारेन्टाइनमा बस्ने दुई मात्र

तनहुँमा चैत १ गते यता विदेशबाट ठूलो संख्यामा मानिसहरु जिल्लामा फर्किएका छन्। चैत १ गतेदेखि जिल्लामा विदेशबाट ६ सय ८७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। तर विदेशबाट फर्किकाका कुल मध्ये २ जनामात्रै क्वारेन्टाइनमा बसेका छन्। जिल्लाका स्थानीय तहले सङ्कलन गरेको विवरण अनुसार चैत महिनाको सुरुदेखि हालसम्म ६ सय २६ पुरुष र ६१ जना महिला विदेशबाट जिल्लामा फर्किएको तथ्याङ्क रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए।

जो सुनौलीदेखि ६८ घण्टा हिँडेर धादिङ आइपुगे

काम खोज्दै भारतको गोरखपूर पुगेका धादिङका युवाहरु कोरोनाको त्रासले हिँडेरै घर फर्किएका छन्। सुनौलीदेखि धादिङबेसी आइपुग्न ६८ घण्टा लागेको जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ का विरेन लामाले बताए। ‘आपत विपतमा आफू जन्मेको गाउँ/ठाउँ प्यारो हुन्छ भन्थे हो रहेछ’, उनले भने, ‘भारतमा कोरोना त्रास सुरु भएपछि गरिरहेको व्यापार, व्यवसायमा ताल्चा मारेर ६८ घण्टा हिँडेर आएका हौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्