२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भाइरसको जोखिमसगैँ आयात, भन्सारमा छैन स्यानीटाइज गर्ने संयन्त्र

सरकारले नेपाल–भारत आवगमनमा बन्देज लगाए पनि सामान आयात निर्यातमा कुनै बन्देज लगाएको छैन। उपभोग्य र अतिआवश्यक सामान दैनिक निर्वाधरुपमा भारतबाट आइरहेका छन्। सर्वसाधरण नआए पनि मालबाहक सवारीसाधानसहित सवार चालक र सह चालकलाई दुवै देश प्रवेश सहज रुपमा दिइरहेको छ।

फक्ताङ्लुङ गाउँपालिकामा भोजभतेर बन्द

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सामाजिक एवम् सांस्कृतिक कार्यक्रममा भोजभतेर गर्ने कार्यलाई तत्कालका लागि बन्देज गरेको छ।

दिप्रुङमा थप दुई जना क्वारेन्टाइनमा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बनाएको क्वारेन्टाइमा थप दुई जनालाई राखिएको छ। भारतको उत्तराखण्डबाट चैत ९ गते घर आएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका १७ र १९ वर्षका युवालाई क्वारेन्टाइनमा राखिएको हो।

चार लाखको औषधि ७ लाख २५ हजारमा हेलिकप्टर चार्टर गरि गाउँपालिका पुर्‍याइयो

लकडाउनको कारण गाउँपालिकामा औषधि अभाव भएपछि डोल्पाको एक गाउँपालिकाले हेलिकप्टर चार्टर गरि औषधि ल्याएको छ। जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकाले काठमाडौबाट हेलिकप्टर चार्टर गरि कोरोना नियन्त्रणको लागिको आवश्यक पर्ने औषधि र केही उपकरणहरु ल्याएको हो।

‘भोकै मर्नुपरे आफ्नै माटोमा मर्छौ, भारत फर्किन्नौं’

बाँकेका विभिन्न सीमा नाकाबाट प्रवेश हुन खोजेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमा बसाउने स्थानीय प्रशासनको प्रयास असफल भएको छ। स्थानीय प्रशासनले ‘माथिको निर्देशन’ भन्दै नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट एक साताअघि आवत–जावत गर्न पूर्ण रुपले रोक लगाएको थियो। नेपालगन्ज नाकामा रोक लगाए पनि भारतबाट फर्केका नेपालीहरु जिल्लाका अन्य अबैध नाकाबाट प्रवेश भए। त्यसरी प्रवेश भएका मध्ये केहीलाई नेपाली सुरक्षाकर्मीले विभिन्न ठाउँमा रोके।

मेयरलाई घरमै बोलाएर सहयोग

लकडाउनको प्रभावले खान अभाव हुने मजदुर तथा विपन्न वर्गलाई सहयोग गर्न यहाँका एक व्यवसायीले आफ्नो घरमै बोलाएर प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका छन्। कमलामाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाका प्रमुख मेयर खड्गबहादुर खत्रीलाई कमलामाई नगरपालिका ४ स्थित आफ्नो निजी निवासमै बोलाएर व्यवसायी टिका श्रेष्ठले एक लाख रकमको चेक हस्तान्तरण गरेको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए।

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी नै जोखिममा

जानकी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलगायत जोखिममा छन्। उनीहरु मास्क र पञ्जाको भरमा काम गरिरहेका छन्। क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी खटिएका छन।  उनीहरुसँग आफ्नो सुरक्षाका लागि कुनै व्यवस्था छैन।

परीक्षणपछि मात्र किट प्रयोग

सरकारले कोरोना संक्रमणको नमुना परीक्षण गर्न ल्याइएका -यापिड टेस्ट–किटहरू स्वास्थ्य अनुसन्धान परिषद्बाट गुणस्तर अनुसन्धान गरेरमात्र वितरण गर्ने भएको छ। चीनबाट ल्याइएको ७५ हजार थान -यापिड किटका विषयमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्न लागेको हो।

प्रदेशका जनताको जीवन रक्षा प्राथमिक कर्तव्यः मुख्यमन्त्री राउत

कोरोनाको महामारी (कोभिड–१९) आउनुभन्दा पहिला पनि मानिसलाई ज्वरो आउँथ्यो। रुघाँ, खोकी लागथ्यो। तर, त्यो बेला स्वास्थ्यकर्मीको उपचार पाएर मानिस निको हुन्थे। अहिले रुघाँ, खोकी र ज्वरोको विरामी उपचारका लागि अस्पताल पुग्यो कि स्वास्थ्यकर्मी भाग्ने प्रवृती देखिएको छ। विरामी देखेर डाक्टर भाग्न थाल्ने अवस्थाको कल्पना गर्दा पनि डर लाग्छ।

विपन्न परिवारलाई उपमेयरको खाद्यान्न

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेकी छन्। दैनिक ज्यालादारीका काम गरेर जीवन निर्वाह गरिरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान माल्खुका २५ परिवारलाई उपमेयर राईले बुधबार व्यक्तीगत खर्चमा खाद्यान्न प्रदान गरेकी हुन्।

आइसोलेसनमा राखिएका तीन जनाको रिर्पोट नेगेटिभ

पाँचथर जिल्ला अस्पतालमा आईसुलेसनमा राखिएका तीन जना विरामीको कोरोना भाईरस (कोभीड–१९) रिर्पोट नेगेटिभ देखिएको छ। विपि कोईराला मेमोरिय अस्पताल धरानमा भएको परिक्षणको क्रममा उनीहरुको रिर्पोट नेगेटिभ देखिएको हो।

लकडाउनको समयमा घुम्न जाने ५ जना कर्मचारी नियन्त्रणमा

लकडाउनको समयमा पार्वतीकुण्ड घुम्न गएका पाँच जना कर्मचारीलाई गत्लाङका स्थानीयले नियन्त्रणमा लिएका छन्।

‘सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर’

कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिकहरु जब नेपाल–भारत सिमानाका दसगजासम्म आइपुगे, उनीहरुलाई नेपाल सरकारले प्रवेश गर्न अनुमति दिएन।

नाका पारि १ हजार बढी मजदुर अलपत्र, एककाे मृत्यु

भारतको रिमामा काम गर्दै आएका बैतडीको डिलासैनी गाउँपालिका–१, कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री सोमबार महाकाली नदी तरेर नेपाल प्रवेश गरे। शरीरमा कट्टु मात्र लगाएको अवस्थामा नियन्त्रणमा लिएर प्रहरी नाङ्गै उनलाई बजारमा हिडाएर सीमा पुलमा रहेको प्रहरी पोष्टमा पु-यायो।

जनप्रतिनिधिले कोरोना उपचार कोषमा रकम जम्मा गर्ने

खोटाङको खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा वापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने निर्णय गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्