२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मेयरलाई घरमै बोलाएर सहयोग

कमलामाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै व्यवसायी टिका श्रेष्ठ । तस्बिर : अनिल/नागरिक

सिन्धुली- लकडाउनको प्रभावले खान अभाव हुने मजदुर तथा विपन्न वर्गलाई सहयोग गर्न यहाँका एक व्यवसायीले आफ्नो घरमै बोलाएर प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका छन्। कमलामाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाका प्रमुख मेयर खड्गबहादुर खत्रीलाई कमलामाई नगरपालिका ४ स्थित आफ्नो निजी निवासमै बोलाएर व्यवसायी टिका श्रेष्ठले एक लाख रकमको चेक हस्तान्तरण गरेको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए।

कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नमिल्ने भएकाले मेयरलाई घरमै बोलाएर प्रकोप व्यवस्थापन सहयोग गरेको सिन्धुलीमा लामो समयदेखि दाना चल्ला व्यवसाय गर्दै आएका व्यवसायी श्रेष्ठले बताए। नगरपालिकाले कोषबाट दैनिक मजदुरी गरेर खाने श्रमिकलाई सहयोग गर्न थालेपछि सोही कोषमा सहयोगीदाताहरुले सहयोग गर्न थालेका छन्। नगरपालिकाले १२ लाख ६० हजार रुपैयाँ राखेर कोष स्थापना गरेपछि सोही कोषमा रकम सहयोग जुट्न थालेको मेयर खत्रीले नागरिकलाई बताए।

हामीले पहिलो चरणमा गिट्टी कुट्ने मजदुरलाई १५ दिनलाई पुग्ने राहत प्याकेज दिएका छौ, नगरप्रमुख खत्रीले भने, हाल सबै वडामा सर्वदलिय बैठक बसेर दैनिक खान नपुग्ने श्रमिक कति छन्, उनीहरुलाई भोकै मर्न नदिएर राहत उपलब्ध गराउने भनेका छौ, सोही अनुसार राहत बाड्छौ। उनले प्रकोप व्यवस्थापन कोषमा नेपाल सरकारले प्रत्येक कर्मचारीको पाँच दिनको तलब काट्ने र थप एक दिनको नगरपालिकाले काट्ने गरि उक्त रकम समेत कोषमा जम्मा गरिएको र थप सहयोगी केहि दाताले रकम जम्मा गरिदिएको जानकारी दिँदै थप सहयोग आउने आश्वासन पाएको बताए।

कुनै पनि व्यक्ति वा संस्थालाई हामीले आफै राहत बाड्ने गडरेका छैनौ, राहत सबै एकद्धार प्रणालीबाट वितरण गर्नुपर्ने भएकाले त्यसको जिम्मा सम्बन्धित स्थानीय तहलाई नै दिएका छौ, प्रमुख जिल्ला अधिकारी योगेन्द्र पराजुलीले भने, स्थानीय तहले छनौट गरेका परिवारलाई राहत उपलब्ध गराउने हो।

 

प्रकाशित: २० चैत्र २०७६ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App