२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा आउने

भैरहवाको अञ्चलपुरस्थित गहुबाली अनुसन्धान केन्द्र परिसरमा निर्माणाधिन कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा ल्याइने भएको छ।

काठमाडौंबाट हिँडेरै रौतहट

रौतहटका बूढापाकाहरु भन्छन्, ‘हामी त हिँडेरै नेपाल पुगेका छौँ र हिँडेरै घरसम्म आएका पनि छौँ। जाँदा चार दिन र फर्किदा चार दिन लाग्थ्यो।’

पाँचथरमा विदेशबाट आएकाहरु अझै क्वारेन्टाइन बाहिर

चैत १ गतेदेखि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय भए पनि सबै क्वारेन्टाइनमा बसिसकेका छैनन्। स्थानीय प्रशासन तथा स्थानीय तहहरुको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा ल्याएर राख्ने व्यवस्था मिलाई रहेको छ। विदेशबाट फर्किएका १ सय ४३ जनाको तथ्याङक जिल्लामा संकलन भएको छ। यी मध्ये हाल ५५ जना मात्र क्वारेन्टाइनमा छन्।

कोरोनाको त्रासले सडक बन्द, टोल प्रवेश निषेध

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण ओखलढुंगामा स्थानीयले सडक बन्द गरेका छन्। मोलुङ गाउँपालिका–१ कुन्तादेवीका स्थानीयले मुख्य सडकमै बार लगाएर बन्द गरेका हुन्

स्वास्थ्य शाखा र स्वास्थ्य चौकीमा मोबाइल हटलाइन सेवा सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा रहेको स्वास्थ्य शाखा र गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूमा मोबाइल हटलाइन सेवा सुरु भएको छ।

झुलाघाटमा अलपत्र नेपाली भारतीय क्वारेन्टाइनमा

सीमामा अलपत्र परेका नेपाली मजदुरलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाटमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो।

क्वारेन्टाइनबाट आमाको किरियामा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको क्वारेन्टाइनबाट दुई जना छुटेका छन्। चैत १२ गतदेखि क्वारेन्टाइनमा राखिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका एक जना र फागुन २१ गते साउदीअरवबाट आएका याम्खाकै एक जना छुटेका हुन्। चैत १२ गते याम्खा स्वास्थ्य चौकीमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका पाँच जनामध्ये उनीहरु सोमबार छुटेका हुन्।

बिरामीको उपचार नगर्ने अस्पतालको लाइसेन्स खारेज गरिने

प्रदेश २ मा विरामीको उपचार नगर्ने अस्पताल तथा नर्सिङ्घ होमलाई कारबाही हुने भएको छ। समान्य चेकजाँच नै नगरी फर्काउने अस्पताल तथा नर्सिङ्घ होमको लाइसेन्स खारेजीसम्मको कारबाही गर्न आन्तरिक मामिला तथा कानुनमन्त्रालयले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो।

मानेभञ्ज्याङ नाकाबाट छिरेका आठजना पक्राउ

पूर्वी भारतीय सीमा नाका मानेभञ्ज्याङबाट प्रवेश गरेका ८ जनालाई प्रहरीले पक्रेको छ। भारतबाट काम गरेर आएका कामदार नाका छिरेर आएपछि बुधबार पक्राउ परेका हुन्।

पैदल यात्रीलाई चौकुनेमा क्वारेन्टाइन स्थापना

भारतबाट कैलालीको चिसापानी हुँदै पैदल यात्रा गरेर भित्रिने कर्णालीका नागरिकहरुका लागि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा क्वारेन्टाइन स्थापना गरिएको छ। भारतबाट आएका नागरिकहरु कैलालीबाट पैदल यात्रा गरेर दैनिक सयौंको संख्यामा कर्णालीमा भित्रिने गरेका छन्।

नेपालीलाई नौतनवा र भारतीयलाई भैरहवा क्वारेन्टाइनमा राखिदैं

नेपाल भारत सीमा बेलहिया नाकामा अलपत्र परेका नेपाली र भारतीयलाई उद्वार गरिएको छ । नेपाल र भारत दुई देशका स्थानीय सुरक्षा निकायको छलफलले दुबै देशतर्फ अलपत्र परेका नागरिकलाई आआफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति अनुरुप उद्वार गरिएको हो।

सीमापारी सयौंको संख्यामा नेपाली अलपत्र

नेपालगन्जस्थित नेपाल–भारत सिमापारी रुपैडिहामा अलपत्र परेका १ सय ५८ जना नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले अबैध नाकाबाट प्रवेश गराएका छन्।

सिंगापुरमा लकडाउन छैन तर नियम कडा

कोरोना भाइरसका कारण पुरै विश्वको अवस्था त्रसित छ। विश्व स्वास्थ्य संगठन र कोरोना प्रभावित देशका सरकारहरुले मानिसहरुलाई  सामाजिक दुरी कायम राख्न बारम्बार अनुरोध गरिरहेका छन्।

रसुवामा सवारी पास बन्द

रसुवामा मंगलबारदेखि सवारी पास बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अहिले जारी भइरहेको सबै किसिमका पास अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो।

बाजुराकाे पुराबाब्लाको सिंगो गाउँमा रुघाखोकीको संक्रमण

खप्तड छेडेदह गाउँपालिका-३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ। सातादिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुराबाब्लाका ३ सय बढी परिवारका सदस्य विरामी परेका छन्। घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण विरामी परेको वडा अध्यक्ष दिपक रावतले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्