२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

केपीलासगढीमा एक जना क्वारेन्टाइनमा

खोटाङमा विदेशबाट फर्किएका थप एक जनालाई क्वारेन्टाइनमा राखिएको छ। दुबईबाट १३ दिनअघि घर आइपुगेका केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका एक युवालाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको हो। उनलाई सोमबार गाउँपालिकाको केन्द्र पृथ्बी माबि बाक्सिलामा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए।

ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिए

ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिएका छन्। दुई साताको अवधिमा विदेशबाट आएका १ सय ३३ जना सम्पर्कमा आएका हुन्।

कर्णालीका पाँच सय बढी क्वारेन्टाइनमा

रोजगारीका लागि कर्णालीबाहिर तथा भारत गएका पाँच सय २५ जनालाई क्वारेन्टाइन र एक जनालाई आइसोलेसनमा राखिएको छ। कर्णालीमा कोरोना त्रास बढ्दै गएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो।

नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

कोरोना संक्रमण हुन सक्ने भन्दै नर्सलाई डेराबाट निष्काशन गरेका वडा सचिव पक्राउ परेका छन्। सचिवको घरमा डेरा गरि बस्दै आएकी नर्स सृजना खड्काका कारण कोरोना संक्रमण हुन सक्ने भन्दै खड्कालाई डेराबाट निष्काशन गरेका घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रण बाहिर ‘लकडाउन’, सर्वसाधारणको बेवास्ता

सरकारले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन लकडाउन घोषणा गरेको छ। तर सर्वसाधारणले त्यस तर्फ खासै ध्यान दिएको र स्वीकार गरेको अवस्था देखिदैन। लकडाउनको आठौं दिनमा आइपुग्दा जुन अनुशासनका साथ सर्वसाधारणले नियम पालन गर्नु पर्ने हो, त्यो हुन सकेको छैन।

निशेधाज्ञा जारी गर्दै ताप्लेजुङ प्रशासनले गर्‍यो सवारी पास बन्द

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन बमोजिम आउँदो चैत २५ गते मध्यरातसम्म निशेधाज्ञा जारी गर्दै अत्यावश्यक सेवा बाहेक अन्य प्रयोजनमा सवारी पास बन्द गरेको छ।

भैसीको दूध भैसीलाई नै खुवाउन बाध्य

बेनी नगरपालिका–६ बाँसबोट वरदान पशुपन्क्षी फार्मका सञ्चालक दुर्गाप्रसाद पौडेलले लकडाउनमा दूध नबिकेपछि दैनिक ५० लिटर दूध भैसीलाई नै खुवाउँछन्। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासले बेनीबजारमा बसोबास गर्ने गाउँतर्फ लागेपछि पौडेलले १७ वटा भैसीबाट दैनिक २ सय लिटर दूधमा विहान एकपटक मात्रै बजारमा लैजान्छन्।

कोराेनाविरुद्ध बैतडीमा किटनाशक औषधि छर्किदैं

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधि छर्कने अभियान सुरु भएको छ। दशरथचन्द नगरपालिकाको समन्वयमा सदरमुकामस्थित गडी, गोठलापानी, शाहीलेक बजारमा औषधि छर्किएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयको पहलमा सुुरु भएको अभियान अन्तर्गत जिल्लाका भिडभाड हुने सबै स्थानमा किटनाशक औषधि छर्किने बताइएको छ।

ज्वरोका विरामीलाई औषधि बोक्दै वडा अध्यक्ष

बडिमालिका नगरपालिका ४ रिला गाउँमा ज्वरोका विरामी देखिए। ज्वरो आएलगत्तै उनीहरु उपचार तर्फ लागे, तर उपचारमा समस्या देखियो। स्वास्थ्य संस्थादेखि निजी मेडिकलले स्वयम विरामीलाई नजिक गएर उपचार गर्न तयार भएनन्। मौसमी संक्रमणबाट ज्वरो आएपनि कोरोनाकै त्रास सबैतिर फैलियो। यतिसम्म की विरामीलाई सवारी समेत साधनले बोक्न मानेनन्।

मुख्यमन्त्री आफै पुगे उपकरण र औषधि लिएर डोल्पा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री आफै औषधि र उपरकण लिएर डोल्पा पुगेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल आफै उपकरण लिएर डोल्पा पुगेका हुन्। नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णालीको डोल्पा अस्पतालमा सबै भन्दा पहिला उपकरण र औषधि पुर्‍याइएको हो।

भारत गएका नेपाली बारे सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भारतमा रहेका नेपालीका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद र सिडिओले बुझे राहत सामग्री

स्थानीय सुरेश पन्थले उपलब्ध गराएको राहात सामग्री (मास्क, सेनिटाइजर र पन्जा) सांसद र सिडिओले बुझेका छन्।

क्वारेन्टाइन जेल, आत्महत्याको प्रयास

उपल्लो डोल्पो क्षेत्रमा बसोवास गर्ने बासिन्दा क्वारेन्टाइनलाई जेलको रुपमा लिने गरेका छन्। उपल्लो क्षेत्रमा पर्ने शे-फोक्सुण्डो र डोल्पोबुद्द गाउँपालिकाका बासिन्दहरुले क्वारेन्टाइनलाई जेलको संज्ञा दिँदै आफूहरु करेन्टाइनमा नबस्ने अडान लिएपछि विवाद समस्या भएको थियो।

डोल्पामा कोरोना आशंकामा दुई जना आइसोलेसनमा

कोरोना आशंकामा डोल्पामा २ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जका दुई कर्मचारीलाई जिल्ला अस्पतालमा स्थापना गरिएको ४ बेडको आइसोलेसनमा भर्ना गरिएको हो।

प्रवेशको लागि दशगजामै नाराबाजी

नेपाल–भारत सीमा बेलहिया पारी रोकिएका नेपालीहरुले सोमबार राति दशगजामा नाराबाजी गरेका छन्। शनिबारदेखि भारतको दिल्लीसहित विभिन्न शहरहरुबाट सिमामा रोकिएका ३ सय ५० बढि नेपालीले प्रवेशको माग गर्दै दशगजामा उत्रेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्