२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अमेरिकाले लग्यो लकडाउनमा फसेका आफ्ना नागरिक (फोटो फिचर)

लकडाउनमा फसेका आफ्ना नगरिकलाई अमेरिकाले उद्वार गरेको छ। देशका विभिन्न स्थानमा रहेका नागरिकलाई काठमाडौं ल्याइएको थियो। उनीहरूलाई आज कतार एयर मार्फत स्वदेश लगिएको छ। भिजिट र विभिन्न कामको सिलशिलामा नेपालमा रहेका ३०० बढी अमेरिकी नागरिकको उद्वार गरिएको हो।

‘लकडाउन’ले मजदुरलाई मार परेपछि मोदीले मागे माफी

भारतमा एक सातादेखि जारी लकडाउनका कारण गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। साप्ताहिक रेडियो सम्बोधन ‘मन की बात’ नामक कार्यक्रममार्फत उनले आइतबार लकडाउनका कारण दसौं लाख मजदुरलाई परेको दुःख आफूबाट नलुकेको स्पष्ट पारे।

आइसोलेसनमा सयजना

कोरोना भाइरस संक्रमण आशंकामा अहिले काठमाडौंसहित देशभरिका विभिन्न अस्पतालमा  एक सयजना भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आँगनमै मनाइँदै ‘चैती छठ’

गाउँभन्दा टाढा नदी वा पोखरीको किनारमा गई सजाइएको घाटमा मनाइने परम्परा रहेको चैती छठ घरमै मनाइँदै छ। देशमा लकडाउनको अवस्था रहेको र नदी वा पोखरीको किनारमा गएर छठ मनाउँदा भीडभाड हुने भएकोले सदरमुकाम गौरमा व्रतालुहरुले घरमै छठको सँझियाघाटको पबनी मनाएका छन्।

काेराेना त्रासकाबीच खेतीपातीमा किसान (फोटो फिचरसहित)

सोमवार दिउँसो फिदिम नगरपालिका–४ को थापाटारको फाटिलो खेतमा किसानहरु धमाधम चैते धान रोपाईका लागि काम गरिरहेका देखिन्छन्।  फराकिला गरा भएको थापाटारमा कतै रोपाई चलिरहेको छ त कतै, कतै रोपाईको तयारीमा छन् किसानहरु। छुपुछुपु धान रोपिरहेका  रोपारहरु तथा बाउसेबिच कोरोना भाईरसबारे कुरानकानी भइरहेको सुनिन्थ्यो।

कतारबाट फर्केका उदयपुरका युवाको रिपोर्ट ‘नेगेटिभ’

फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवती सवार कतार एयरवेजबाट आएका उदयपुरका दुई युवामध्ये एकको रिपोर्ट नेगेटिभ देखिएको छ। वैदेशिक रोगजारीमा कतार रहेका उनीहरु दुवै गत ४ गते कतार एयरलाईन्सबाट नेपाल फर्केका थिए।

बेलहिया नाकामा साढे २ सय बढी नेपाली दुई दिनदेखि अलपत्र

भारतबाट नेपाल फर्कनेहरुको संख्या अझै रोकीएको छैन। रुपन्देहीको बेलहिया नाकाबाट अहिले पनि भारतका बभिन्न शहरबाट घर जान भन्दै नेपालीहरु आइरहेका छन्। तर नाका बन्द र लकडाउन भएका कारण ती नेपालीहरु दुई दिनदेखि सीमामै अलपत्र छन्। शनिबारदेखि सोमबारसम्म आएका साढे २ सय बढी नेपालीहरु अहिले बेलहिया नाका पारी सुनौलीमा अलपत्र छन्। त्यसरी आउनेमा केही भारतका बिभिन्न शहरमा अध्ययनरत किशोर किशोरी र केही महिला पनि छन्।

बेनी अस्पतालको आइसोलेसनमा एक जना भर्ना, स्वाब परीक्षणका लागि पठाइने

बेनी अस्पतालमा आइसोलेसन वार्डमा एक जनालाई राखिएको छ।

अहिलेको स्थितिमा रोजगारी गुमेकाहरुलाई सहयोग गर्ने मन छ ? यस्तो छ व्यवस्था

लकडाउनका कारण रोजगारी गुमेर गुजारा चलाउन नसक्ने परिवारलाई सहयोग गर्ने कुनै व्यक्ति, निकाय वा संस्थाले अब सम्बन्धित पालिकामार्फत समन्वय गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आपूर्ति व्यवस्थापनका लागि स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्न यहाँका सबै ६१ वटै वडालाई पत्राचार गर्दै सहयोगको न्यूनतम मादण्ड समेत संगै पठाएको छ।

स्थानीय निकायलाई कोरोना रोकथामका लागि वाग्मती प्रदेशको १३ करोड

वाग्मती प्रदेश सरकारले प्रदेशका १ सय १९ स्थानीय निकायलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य प्रयोजनका लागि १३ करोड ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

खैत नियम पालना ?

कोरोना भाइरस (कोभिड–१९) लाई मध्य नजर गर्दै सरकारले देशभर लडकडाउन गरेको छ। सरकाले लकडाउन गरेको नियम उल्लङघन गर्नेलाई पनि पक्राउ गर्दै आएको छ। तर जोरपाटीमा रहेको विश्रान्ती तरकारी बजारमा कोरोना भाइरबाट जोगिनका लागि ३ फिटको फरकमा गोलो घेरा बनाइएको छ।

लकडाउन अवधिको सदुपयोग गर्दै नेपालका शिक्षकहरू

जिल्लाको बेनी नगरपालिका–६ बास्बोटमा देवीप्रसाद शर्मा विहानैदेखि ब्यस्त हुन्छन्। कोभिड–१९ को महामारीसँग विश्वका सयौं मुलुकहरू जुधिरहेको अवस्थामा नेपालमा पनि केही सङ्क्रमितहरू देखिएका छन्। सम्भावित सङ्क्रमण रोक्न नेपालले पनि चैत्र ११ गतेदेखि देशलाई लकडाउन घोषणा गरेपछि यातायात तथा मानिसहरूको हिँडडुल बन्द प्रायः छ। विद्यालय लगायत सबै शैक्षिक संस्थाहरू बन्द अवस्थामा रहेका छन्।

रसुवागढी नाका नखुलाउन माग गर्दै प्रशासनलाई पत्र

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआएसम्म नाका खुलाउन नहुने भन्दै वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ।

जुम्लाका चार जना बिरामीको ‘स्वाब’काठमाडौ पठाइयो

जुम्लामा कोरोना भाइरसको संक्रमणसँग मिल्दो लक्षण भएका ४ जना बिरामीको नमुना परीक्षणका लागि ‘स्वाब’ काठमाडौं पठाइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिनदेखि आइसोलेसनमा भर्ना भएका दुई जना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चार जनाको ‘स्वाब’ नमुना परीक्षणका लागि काठमाडौं पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्