२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

जथाभावी राहत वितरणमा रोक

कोरोना भाइरसको संकटमा जथाभावी राहत वितरणमा वीरेन्द्रनगर नगरपालिकाले रोक लगाएको छ। नगरपालिकाको अनुमतिबिना विभिन्न संघसंस्था र व्यक्तिले विभिन्न बस्तीमा राहत एवम् सुरक्षा सामग्री वितरण गर्ने गरेको गुनासो नगरपालिकामा आएपछि नगरले यस्तो निर्णय गरेको हो।

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवाको रिर्पोट 'नेगेटिभ'

आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएको युवाको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ।

सामाजिक कार्य गर्दा बाहिरी व्यक्तिलाई सहभागी गराउन नपाइने

ताप्लेजुङको उत्तरी पर्यटकीय क्षेत्र सिरिजङ्घा गाउँपालिकाको वडा नं ८ याम्फुदिनको वडा समितिले वडाभरका प्रत्येक घरधुरीले आफ्ना घरका सामाजिक लगायतका कार्यहरुमा अर्को घरमा सदस्यलाई सामेल नगराउने निर्णय गरेको छ। यो निर्णय आफ्नो घरभन्दा बाहिर नजाने दृष्टीले प्रेरित रहेको वडा कार्यालयले जानकारी दिएको छ।

मादक पदार्थ ओसार–पसार गर्ने दुई जना नियन्त्रणमा

अत्यावश्यक सामान ढुवानीको बाहनामा मादक पदार्थ ओसार–पसार गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले नियन्त्रणमा लिएको छ।

खोटाङमा ६ जना मात्र क्वारेन्टाइनमा

खोटाङमा विदेशबाट फर्किएर क्वारेन्टीनमा बस्ने युवाको संख्या ६ पुगेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पाँच जनालाई क्वारेन्टीनमा राखिसकेको अवस्थामा साकेला गाउँपालिकामा एक जनालाई क्वारेन्टीनमा राखिएको छ।

पाँचथरमा पीपीई, रेनकोट र गम्बुट

जिल्लाका विभिन्न ठाँउमा बनाइएका क्वारेन्टाइनमा राखिएकाहरुलाई स्वास्थ्य सेवा दिन खटिने स्वास्थ्यकर्मीहरु रेनकोट लगाएर सेवामा खटिएका छन्। पर्शनल प्रोटेक्टीभ इक्युमेन्ट (पीपीई) को अभावमा उनीहरुलाई रेनकोट, खेती किसानी गर्दा प्रयोग हुने गम्बुट, मास्क तथा पन्जा दिएर खटाइएको छ। जिल्लाका आठै स्थानीय तहमा यसरी नै तयारी गरेको देखिन्छ।

विदेशबाट फर्किएका १६ जना ‘सेल्फ क्वारेन्टाइन’ मा

रसुवाको कालिका गाउँपालिकाकी एक किशोरी दुबईबाट चैत ३ गते रसुवा आइन्। आएपछि उनी बजार घुम्ने तथा साथीहरू भेट्ने कार्यलाई निरन्तरता दिइन्। अहिलेसम्म उनलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन।

कोरोना त्रासः किसानलाई गहुँ भित्र्याउने चिन्ता

संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको छ। यसबाट बच्न सरकारले लकडाउन गरेको छ। उसले दोस्रो पटक लकडाउनको समयावधि थपेको छ। विगत करिव एकसातादेखि कोही व्यक्ति पनि घरबाट बाहिर निस्किन पाएका छैनन्।

स्वास्थ्य सामग्री बोकेर गएका सेनाका ‘स्काई ट्रक’ आकाशबाटै फर्किए

कोभिड १९ (कोरोना) रोकथामका लागि मेडिकल सामान बोकेर गएको नेपाली सेनाको स्काई ट्रक सम्बन्धित स्थानमा नपुगी बाटोबाटै फर्किएको छ।

कोरोनासँग कसरी लड्दैछ युएई?

नयाँ वर्षको बिदा मनाउन चीनको वुहानबाट युएई आएका एक चिनियाँ परिवारबाट शुरु भएको कोरोना भाईरसको संक्रमणबाट युएईमा अहिलेसम्म ५७० जना संक्रमित भइसकेका छन्।

तीन जना स्वास्थ्यकर्मीको नमूना संकलन

कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएका युवाको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका ३ जना स्वास्थ्यकर्मीको पनि आइतवार नमुना संकलन गरिएको छ।

दुबईबाट आएका युवकको आइसोलेसनमै मृत्यु

बुटवलको आइसोलेसन अस्पतालमा उपचार गराइरहेका एक जनाको आइतबार दिउसो मृत्यु भएको छ। बुटवलको धागो कारखानामा बनाइएको कोभिड १९ विशेष अस्थाइ अस्पतालमा भर्ना गरिएका सैनामैनाका ती युवाको आइतबार दिउसो १ बजेतिर मृत्यु भएको अस्पतालका (फोकल पर्सन) डाक्टर डा. सुदर्शन थापाले बताए।

लकडाउनको समय सदुपयोग गर्न त्रिवि अनलाइनमा

त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग तथा प्रध्यापकहरु आफैले पहल गरेर लकडाउनको सयम सदुपयोग गर्दै दोहोरो रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विश्वविद्यालयका उपकुलपति कार्यालयका उप्रशासक विष्णुप्रसाद अर्यालले भने चैत्र १४ गतेदेखि सेवा आयोगका परीक्षार्थीलाई सहयोग पुग्ने गरी अनलाइन कक्षा सञ्चालन गरेका छन्।

रोल्पा अस्पतालमा ‘भिटिएम’

रोल्पा अस्पतालमा कोरोनाको संक्रमण भए नभएको स्याम्पल टेस्ट गर्न स्वाब संकलन गरिने उपकरण (भिटिएम) ल्याईएको छ। स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिका अनुसार मन्त्रालयबाट ९ थान भिटिएम रोल्पा आएको हो। यसअघि रोल्पा नगरपालिका र प्रदेश सरकारको सहयोगमा पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट), मास्क, ग्लोब्स, आइसोलेसनका लागि बेड लगायत सामग्री उपलब्ध गराईएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्