२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आफ्ना नागरिक खोज्दै अष्ट्रेलियन दूतावास

ठमेलबाट आफ्ना नागरिकलाई उद्दार गर्न तयारी अवस्थामा रहेको अष्ट्रेलियन दूतावासको बस। तस्बिर सौजन्यःअष्ट्रेलियन राजदुत।

काठमाडौं – अष्ट्रेलियन दूतावासले कोरोना भाइरसका कारण अलपत्र परेका आफ्ना नागरिकको खोजी सुरु गरेको छ। विभिन्न कारणले नेपाल आएका तर लकडाउनका कारण अष्ट्रेलिया फर्कन नपाएका आफ्ना नागरिकलाई स्वदेश फर्काउन दूतावासले देशभरबाट आफ्ना नागरिक जम्मा गरेको छ।

अहिले दुतावासले नेपाल भ्रमणमा आएर पोखरा, चितवन ठमेल, पाटन र भक्तपुरमा रहेकमा नागरिकलाई सम्पर्क गरेर जम्मा गरिरहेको छ। दुतावासले आफ्ना नागरिक स्वदेश लैजान बुधबारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चार्टर गरिसकेको छ।

जहाज फर्किदा अष्ट्रेलियामा रहेका नेपालीलाई ल्याउने तयारी भइरहेको उच्चस्रोतले बतायो।
 
 

प्रकाशित: १७ चैत्र २०७६ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App