८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पाँचथरमा पीपीई, रेनकोट र गम्बुट

पाँचथर– जिल्लाका विभिन्न ठाँउमा बनाइएका क्वारेन्टाइनमा राखिएकाहरुलाई स्वास्थ्य सेवा दिन खटिने स्वास्थ्यकर्मीहरु रेनकोट लगाएर सेवामा खटिएका छन्। पर्शनल प्रोटेक्टीभ इक्युमेन्ट (पीपीई) को अभावमा उनीहरुलाई रेनकोट, खेती किसानी गर्दा प्रयोग हुने गम्बुट, मास्क तथा पन्जा दिएर खटाइएको छ। जिल्लाका आठै स्थानीय तहमा यसरी नै तयारी गरेको देखिन्छ।

केहि ठाँउमा घरेलु प्रविधिबाट बनाईका समग्री प्रयोगमा ल्याइएको छ भने धेरै जसो ठाँउमा रेनकोटकै प्रयोग गरीएको छ। स्वास्थ्य संस्थामा पनि पीपीई लगायतका आवश्यक सामग्रीको अभाव रहेको छ। पीपीईका अलवा थर्मगन, सर्जिकल मास्कको समेत अभाव भएको पाइन्छ।

चैत १ गतेदेखि विदेशबाट आएकाहरुलाई धमाधम क्वारेनटाइनमा राखिएको छ। यसरी क्वारेनटाइनमा राख्नका लागि प्रहरीको बढि सक्रियता देखिन्छ। पीपीई लगायतका समग्री पर्याप्त नभएको जनस्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदी स्वीर्काछन्। उनका अनुसार हालै जिल्ला अस्पतालका लागि ६ थान पीपीई सेट उपलब्ध गराइएको छ।

विभिन्न स्थानीय तहका प्रशासकिय अधिकृतका अनुसार रेनकोट, गम्बुट तथा घरेलु प्रविधिबाट तयार गरेका समग्री पीपीईको रुपमा प्रयोगमा ल्याइएको छ। आठै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुका अनुसार विदेशबाट आएकाहरुको विवरण संकलन गर्न जनप्रतिनिधि खटिएका छन्। चैत १ पछि विदेशबाट आएकाहरुलाई सम्झाएर क्वारेनटाइनमा राखिदै छ।

जिल्लामा धमाधम विदेशबाट चैत १ गतेदेखि फर्किएकाहरुलाई खोजेर क्वारेन्टाइनमा राखिदै छ। जिल्लामा २ सय ३ शैयाको क्वारेन्टाइन तयार भएको छ। जिल्ला अस्पतामा ३ जनालाई आइसोलेसनमा राखेर उपचार गरिदै छ। क्वारेन्टाइनमा बसेकाको खाना, खाजा, औषधि लगायतको व्यवस्थापन स्थानीय तहले गर्दै छ।

फिदिम नगरपालिकाले आइतबार १० जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकिय अधिकृत अम्बीका अधिकारीले जानकारी दिए। क्वारेन्टाइनमा बसेकहरुलाई इन्टरनेट लगायतको सुविधा समेत प्रदान गरीएको उनले जानकारी दिए। स्वास्थ्य कार्यालय पाँचथरले दिएको जानकारी अनुसार जिल्लामा ३५ जनालाई क्वारेनटाइनमा राखिएको छ। यि मध्ये ३ जना महिला छन्। विदेशबाट आएकालाई पनि क्वारेनटाइनमा राखिएको छ। यस्तै पाँचथर अस्पतालमा तीन जनालाई आइसोलेसनमा राखेर उपचार गरिदै छ।

 

प्रकाशित: १७ चैत्र २०७६ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App