नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रवि लामिछानेलाई हाजिरी जमानीमा छाडे हुने बताएका छन् ।
मङ्गलबार चितवन पुगेका दाहालले सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धानरत लामिछानेलाई हाजिरी जमानीमा छाडे हुने बताएका हुन् ।
‘मैले सरकार र सरकारवादी पार्टीका नेताहरूलाई भनेको छु, किन राख्नपर्यो हिरासतमा हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि,' दाहालले भने ।
उनले लामिछानेसँग सरकारवादी पार्टीहरू नतर्सिँदा हुनेसमेत बताए । 'जे-जे जाँचबुझ गर्नु छ, गरे हुन्छ नि । स्वयम् रविले पनि अदालतको फैसला जेसुकै होस् मान्न तयार छु भनेपछि यति धेरै तर्सिनुपर्ने ?,’ दाहालले भने ।
प्रकाशित: २५ मंसिर २०८१ १५:४९ मंगलबार