२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण रहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै दाहालले लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण रहेको र यसको निन्दा गरेका छन्।

उनले लेखेका छन्, 'अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।'

प्रकाशित: २४ मंसिर २०८१ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App