२६ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

बस्नेतको अमर्यादित भाषण- लिखुरे फटाहा माधव सापकोटाको 'गर्धन मुनि, रुख माथि' पार्दिन्छु

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाविरुद्ध अमर्यादित भाषण गरेका छन् ।

बस्नेतले सापकोटालाई 'लिखुरे' भन्दै 'गर्धन मुनि, रुख माथि' पार्ने धम्कीसमेत दिएका छन् । 'त्यो लिखुरे फटाहा माधव सापकोटाको गर्धन मुनि रुख माथि पार्दिन्छु,' बस्नेतले भनेका छन् ।

उनले अगाडि भनेका छन्, 'चाहे सुबोध (माधव सापकोटा) होस् वा अग्नि, पञ्चायतकालमा भिडेर आएको मान्छे हुँ । यो देशमा सरकार जसको होस् । सिन्धुपाल्चोकको सरकार म हुँ । माओवादी अर्कोपटकको चुनावमा एकादेशको बन्नेछ । सुबोध सापकोटाको जमानत जफत गराएरै छाड्छु ।’

बस्नेतले यो भाषण गत आइतबार गरेका हुन् । बागमती प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको पहलमा बजेट विनियोजन भएको र पुल उद्घाटन गर्न कांग्रेस नेता पुगेको भन्दै एमाले र माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरेका थिए ।

तत्कालीन मन्त्री नेपाल एमालेका नेता हुन् भने पुल निर्माण भएको वडा पनि एमालेले नै जितेको छ । बजेट विनियोजन गर्ने तत्कालीन मन्त्री र सो क्षेत्रका अन्य नेताहरूलाई 'बाइपास' गरेर बस्नेतलाई बोलाइएको भन्दै एमाले र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताले अवरोध गरेका थिए ।

यसपछि आक्रोशित भएका बस्नेतले सापकोटाविरुद्ध अमर्यादित भाषण गरेका हुन् ।

प्रकाशित: २५ मंसिर २०८१ १९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App