सुर्खेतमा रहेको एसओएस हर्मन माइनियर स्कुलमा विद्यार्थी कुट्ने शिक्षकलाई विद्यालय प्रशासनले निष्कासित गरेको छ। नागरिक न्यूजमा शिक्षकले विद्यार्थी कुटेको समाचार प्रकाशनपछि विद्यालयले शिक्षकलाई निष्कासन गरेको हो।
स्कुलका कम्प्युटर शिक्षक उपेन्द्र मल्लले कक्षा ९ मा अध्यानरत विद्यार्थी स्पर्श सापकोटालाई नाक, टाउको र शरीरमा चोट लाग्ने गरी कुटेका थिए। अभिभावकलाई बोलाएर विद्यालय प्रशासनले विद्यार्थीमाथि कुटपिट गरेको भन्दै शिक्षक मल्ललाई निष्कासन गरेको जानकारी गराएको थियो।
अभिभावकहरू शिक्षक निष्कासनपछि सुखी भएका छन्। विद्यार्थी कुटेको खबर आए लगत्तै शिक्षक मल्ललाई निष्कासन गरिएको एसओएस सुर्खेतका प्रिन्सिपल हरिहर बस्नेतले बताए। समाचार प्रसारणपछि मानवअधिकारकर्मीहरुले चासो लिएका थिए। बालबालिकाहरूको घटनामा विद्यालय अतिसंवेदनशिल हुने भएकाले तत्काल शिक्षकलाई हटाइएको विद्यालय प्रशासनले जनाएको छ।
प्रकाशित: २७ मंसिर २०८१ १३:०० बिहीबार