२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘लकडाउन’ पालना गराउन नगरमा एकजुट

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘लकडाउन’लाई पूर्णरुपमा पालना गराउनका लागि सर्वदलीय निर्णय गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका प्रयासलाई फलदायी बनाउनका लागि नगरपालिकाको आव्हानमा शनिबार आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले ‘लकडाउन’लाई पूर्णरुपमा पालना गर्न/गराउन आ–आफ्नोतर्फबाट सहयोग पुर्‍याउने निर्णय गरेको हो ।

ऐसेलुखर्कमा १० बेडको आइसोलेसन

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले १० बेडको आइसोलेसन कक्ष तयार पारेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंका गरिएको तर पुष्टी हुन बाँकी रहेको वा संक्रमण भएको पुष्टी भइसकेका व्यक्तिलाई राख्नेगरी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष बनाएको हो ।

कोरोना कहर : क्वारेन्टाइन मै ‘काजकिरिया’

काजकिरिया गरिरहेका एक जना सुर्खेतस्थित खुल्ला मञ्चमा बनाईएको क्वारेन्टाइनमा बसेका छन्। दैलेख आठविस नगरपालिका–१ सातला घर भएका देउमले लोहार रोजगारीका लागि भारत गएका थिए। चैत्र ११ गते उनी भारतको हल्द्वानी हुँदा घरमा भाइ पदम विक (लोहार) मृत्यु भयो। भाईको मृत्युपछि उनी भारतबाटै किरियापुत्री बसेर ५ दिनमा सुर्खेत आईपुगे। उनी त्यहाबाट हिड्न नपाउँदै भारत र नेपालमा लक डाउन सुरु भएको थियो।

मार्तडी बजारमा किटनाशक औषधि छर्कियो

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मार्तडी बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको छ। बडिमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय बाजुरा र समरजीत गुल्मको सयुक्त सहकार्यमा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो।

कर्णालीका चार सय ३९ जना क्वारेन्टाइमा

कोरोना भाइरसको उच्च जोखिममा रहेको कर्णाली प्रदेशका चार सय ३९ जना नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको छ। हालसम्म कर्णालीमा कोरोना संक्रमण देखिएको छैन। कर्णालीबाट कोरोना संक्रमणको आशंकामा हालसम्म १४ जनाको नमूना संकलन गरेर टेकु अस्पताल पठाइएकोमा सात जनाको रिपोर्ट नेगेभिट आएको छ।

डोल्पामा ८७ जना क्वारेन्टाइनमा

डोल्पामा एकै दिन ८६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। नेपालगञ्जबाट उद्वार गरेर डोल्पा ल्याएका ८६ जनालाई जिल्लाका बिभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको हो।

समृद्ध तुल्याउँ बन्दाबन्दी

के आयो यो कोरोना भाइरसको झञ्झावाद जसले संसारै हल्लाइदियो । कहिलेसम्म हल्लाउने हो भन्न सक्ने कोही छैन । के रोग हो, यो कति बलवान रहेछ, कुनै पनि परमाणुशक्ति राष्ट्रको पनि पिताम चल्दैन ।

दुई नगरपालिकाले बाँडे दुई सय परिवारलाई राहत

रौतहटका दुई नगरपालिकाले दलित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्। लकडाउनको अवधिमा काम गरेर खाने परिवारलाई खानकै लागि समस्या भएपछि दुई नगरपालिकाले करिब दुई सय परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।

जब वडाध्यक्ष चामलको बोरा लिएर मजदुरकहाँ पुगे...

धादिङकी सावित्री बिक र उनका श्रीमान मोहनबहादुर दुई वर्षदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा बस्दै ज्याला मजदुरी गर्छन्। दिनभरको मजदुरीले साँझ विहानको छाक टार्ने बिक दम्पति लकडाउन भएसंगै काममा जान पाएका छैनन्। मजदुरी नगरी दुई छाक खानलाई पनि मुस्किल पर्ने उनीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले गत मंगलबारदेखि एक साताका लागि मुलुक लकडाउन गरिएपछि एउटै चिन्ताले सतायो, ‘कोरोना लाग्नु पहिले भोकमारीले पो मरिन्छ क्या हो!’

‘लकडाउन’मा खटिएका प्रहरीलाई सहकारीको साथ

खोटाङको दिक्तेलस्थित सक्रिय बचत तथा ऋण सहकारी संस्थाले ‘लकडाउन’का क्रममा बजारमा खटिएका प्रहरीलाई पानी, जुस लगायत प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि दिनरात खटिएका प्रहरीलाई सहकारीले लजिस्टीका सामग्री प्रदान गरेको हो।

होलेरीमा ‘कोरोना नियन्त्रण कोष’

महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकाले ३० लाख रुपैयाँ छुट्याएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष बालाराम बुढाका अनुसार ‘कोरोना नियन्त्रण कोष’ खडा गरेर त्यसमा ३० लाख रकम राखिने भएको हो। यो रकम आवश्यकता अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागि गर्न खर्चिने गाउँपालिकाको योजना रहेको छ।

पाँचथरमा २२ जना क्वारेन्टाइनमा

जिल्लामा वैदेशिक रोजगारीबाट आएका २२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेका अनुसार फिदिम नगरपालीकासहित विभिन्न स्थानीय तहमा बनाइएका क्वारेन्टाइमा उनीहरुलाई राखिएको छ।

रसुवामा तीन दिनमा २८ पर्यटकको उद्वार

रसुवामा तीन दिनमा २८ जना विदेशी पर्यटकको उद्वार गरिएको छ। जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि आएका पर्यटक देश लकडाउन भएपछि समस्यामा परेका थिए।

लकडाउन अवधिभर निम्न आय भएका परिवारलाई प्रदेश सरकारले खानाकाे व्यवस्था गर्ने

लकडाउन अवधिभर प्रदेश २ सरकारले गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरलाई खानाको ब्यवस्था गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकारसंग समन्वय गरी लकडाउनको अवधिभर खानाको ब्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

कोरोना भाइरस मुक्त छ इटालीको ‘वो यूगेनियो’ शहर

अहिले कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ। युरोपका सबै देशहरु कोरोना भाइरसको प्रकोपले आक्रान्त बनेका छन्। इटली सबैभन्दा बढी प्रभावित भएको छ। तर इटाली कै एउटा शहर भने उदाहरणीय बनेको छ, जहाँ कोरोना भाइरस संक्रमित कोही मानिस छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्