२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

'उपचार नगरे कारबाही गर्नुपर्छ'

ज्वरोसहित कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीलाई भर्ना लिन नमानेको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा सञ्चालित निजी अस्पताल ग्रान्डी इन्टरनेसनल र अल्का अस्पतालसँग स्पष्टीकरण लिइसकेको छ।

'र्‍यापिड रेस्पोन्स' टिम पठाउन भारत तयार

भारतीय सेनाले कोभिड १९ बाट उत्पन्न पस्थितिलाई सम्बोधनका लागि नेपालमा -यापिड रेस्पोन्स टिम पठाउन तयार रहेको बताएको छ। भारतीय समाचार पत्र हिन्दुले भारतीय सेना प्रमुखको भनाइ उल्लेख गर्दै माल्दिभ्समा जस्तै नेपालमा पनि सहयोगका लागि भारतीय सेना तयार रहेको जनाएको छ।

धनगढीका संक्रमित युवाले धेरैलाई भेटेका थिए

काठमाडौं पठाउने उपाय नभएपछि संक्रमित युवाका परिवारका सदस्यको समेत नमुना संकलन हुन सकेको छैन।

पीपिई मौज्दात रित्तिदै, तनावमा स्वास्थ्यकर्मी

कोरोना भाइरसलाई लक्षित गरेर विभिन्न स्थानमा क्वारेन्टाइन र अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ। स्थानीय स्तरबाट क्वारेन्टाइन र आइसोलेसनको ब्यवस्थापन गरिए पनि सरकारले केन्द्रबाट आवश्यक स्वास्थ्य सामाग्री पठाउन सकेको छैन।

लकडाउन उल्लंघन गर्ने चर्चका दुई पाष्टर पक्राउ

कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’ उलंघन गर्ने चर्चका दुई जना पाष्टरलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। लगडाउनका क्रममा अनुयायीहरुलाई भेला गरेर प्रार्थना गरिरहेका पाष्टरहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो।

रौतहटमा ६० जनालाई क्वारेन्टाइनमा राखियो

रौतहटको स्थानीय सरकारहरुले निर्माण गरेको क्वारेन्टाइनमा ६० जना रहेका छन्। जिल्लाको सदरमुकाम गौर, ईशनाथ र चन्द्रपुरमा बढी मान्छे क्वारेन्टाइनमा रहेका छन्। क्वारेन्टाइनमा रहेकाहरुको अवस्था सामान्य रहेको छ तर सबैको स्वास्थ्यकर्मीद्वारा नियमित अनुगमन भइरहेको तथा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

आइसोलेसनमा उपचाररत तीन जनाको स्वाब संकलन

कोरोना भाइरस (कोभिड–१९) को लक्षणसँग मिल्ने सुख्खा रुघा, खोकी र ज्वरो देखिएपछि आइसोलेसनमा उपचाररत तीन जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ।

स्वदेश फर्किन चाहेनन् पर्यटक

हिमाली जिल्ला मुस्ताङको प्रशासनले शनिबार ५८ जना विदेशीलाई स्थलमार्गबाट काठमाडौं पठायो। मुस्ताङ प्रशासनको सम्पर्कमा आएका अरु १० जनाजति विदेशी भने स्वदेश फर्किन मानेनन्। स्वदेश फर्किन नचाहेका पर्यटक मुस्ताङकै विभिन्न होटलमा बसेका छन्। प्रशासनले सहजीकरण गर्दागर्दै पनि ती पर्यटक स्वदेश फर्किन चाहेनन्।

दोस्रो र पाँचौ संक्रमित किशोरी एउटै विमानमा थिए

नेपालमा कोरोना भाइरसको संक्रमण देखिने क्रम बढ्दै आएको छ। बाग्लुङकी एक १९ वर्षिया किशोरीमा पनि कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ।

नेपालमा कोराेनाको पाँचौ संक्रमित फेला

स्वास्थ्य मन्त्रालयले नेपालमा पाँचौँ कोरोना संक्रमित भेटिएको बताएको छ। आज गरिएको प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार पाचौं संक्रमित फेला परेको बताइएको हो। १९ वर्षिया किशोरी बेल्जियमबाट कतार हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२मा काठमाडौँ आएकी थिइन्।

घरधनीसँग आधा महिनाको पैसा छुट दिन आग्रह

इटहरी उपमहानगरपालिकाले कोरोनाले समस्या परेका बेला इटहरी क्षेत्रमा घर भाडामा बस्नेलाई आधा महिनाको भाडा छुट दिन घरधनीसँग आग्रह गरेको छ। शनिबार बिहान बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाभित्रका घरधनीलाई घरवहालमा छुट दिन आग्रह गर्ने निर्णय गरेको हो।

जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री प्रदान

प्रतिनिधि सभाका सांसद मोहन आचार्यले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई सामग्री प्रदान गरेका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेका हुन्।

संक्रमित देशबाट फर्कनेलाई खोज्दै जनप्रतिनिधि

विदेशबाट फर्कनेमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सिन्धुलीका स्थानीय तहका जनप्रतिनिधिहरु वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई निगरानी गर्ने र उनीहरुको खोजी गर्ने कार्यमा लागेका छन्।

चार सय जनाका लागि सेनाको क्वारेन्टाइन तयार

नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय जना क्षमताको क्वारेन्टाइन निर्माण सम्पन्न गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा बनाएको क्वारेन्टाइनमा शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिएको छ।

कोरोना नियन्त्रण तथा उपचार कोषमा १५ करोड ३१ लाख

सरकारले सुरु गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबारसम्म १५ करोड ३१ लाख तीन हजार दुई सय २२ रुपैयाँ जम्मा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्